बैशाख ३१, २०८१ , खोटाङ
पहिलो दिन हुने एथलेटिक्स उद्घाटनका लागि अन्तर्राष्ट्रिय किर्तिमानी धावक बैकुण्ठ मानन्धर दिक्तेलमा
हलेसीन्युजडेस्क, खोटाङ /
आजदेखि वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव शुरु हुदैछ । पहिलो दिन बैशाख ३१ गते हाफ म्याराथन सहितको एथलेटिक्स प्रतियोगिता हुनेछ ।
एथलेटेक्सि प्रतियोगिता उदघाटनका लागि अन्तर्राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धर बैशाख ३० गते आइतवार दिक्तेल आइसक्नुभएको छ । एथलेटिक्स प्रतियोगितामा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा सहभागी भैसकेका नयाँ तथा पुराना खेलाडीहरु दिक्तेल आइसक्नुभएको जनाइएको छ ।
प्रमुख अतिथिका रुपमा मानन्धरले हाफ म्याराथन तथा अन्य दौड प्रतियोगिताको उदघाटन गर्नुहुनेछ । हाफ म्याराथनका लागि दिक्तेलको मानव अधिकार चौक देखि माम्खाखोला वीचको सडकमा दौड हुने जनाइएको छ ।
पहिलो चरणमा सोमवार विहान एथलेटिक्स तर्फ १२ वर्ष मुनिका छात्र छात्रा १ माइल, ६० वर्ष माथिका पुरुष १ माइल, आमाहरुको ३ किलोमिटर तथा १२ वर्ष माथि र १५ वर्ष मुनिका छात्र छात्राहरुको ५ किलोमिटर दौड सञ्चालन गरिनेछ । त्यस्तै दोश्रो चरणको एथलेटिक्समा ३५ वर्ष माथिका राजनीतिककर्मी, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षकहरुका लागि ७ किलोमिटर, १५ वर्ष माथिका खुल्ला महिला पुरुषको १० किलोमिटर तथा खुला महिला एवं पुरुष प्रतियोगिहरुका लगि २१.०९७५ किलोमिटर दौड प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
महोत्सव विभिन्न विधागत प्रतियोगिता सञ्चालन गरिदै जेष्ठ १० गते समापन हुनेछ । महोत्सवमा सहभागी हुने सबै विधाहरुका विजयीहरुलाई आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ अन्य विधाहरुमा लागेका प्रतिभाहरुलाई समेत प्रोत्साहन गरी राष्ट्रिय अन्तराष्ट्रिय जगतमा खोटाङलाई चिनाउन सक्ने व्यक्तित्वका रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले जिल्लामै पहिलो पटक खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटनलाई समेटेर बृहत् महोत्सवको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
एघार दिनसम्म सञ्चालन हुने महोत्सव करिब रु ५० लाख वजेटमा सम्पन्न गर्ने लक्ष्य रहेको तथा चन्दा सङ्कलन र दाताको सहयोगमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिएको बताईन्छ ।
[ यो पनि-दिक्तेलबजारमा राष्ट्रिय कविता प्रतियोगिताको आयोजना हुने }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !