कार्तिक ०४, २०८० , Kathmandu,Nepal
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको सबैबाट चर्चा
हलेसीन्युजडेस्क, खोटाङ /
दक्षिण कोरियाका प्रशिद्ध चित्रकार जाका जांगद्धारा कोरिएका चित्रहरु हाल काठमाण्डौँमा प्रदर्शनीमा राखिएका छन् । चित्रकार जाका जांगद्धारा तयार पारिएका उत्कृष्ट चित्रहरु काठमाण्डौँस्थित ललितकला प्रतिष्ठान नक्सालमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संघीय साँसद प्रदिप पौडेलले शुक्रवार एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई पनि विशेष अतिथिका रुपमा आमन्त्रित गरिएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा गत अशोज १७ देखि २१ गतेसम्म आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा जांगलाई पनि आमन्त्रण गरिएको थियो, तर विशेष कारणले उहाँ सहभागी हुन सक्नुभएन । नगरप्रमुख भट्टराईका अनुसार तर जांगको एकल चित्रकला प्रदर्शनीमा विशेष अतिथिका रुपमा आमन्त्रण गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाप्रति सम्मान प्रकट गर्नुभएकोे अनुभूति भएको छ ।
उद्घाटन संवोधनका क्रममा प्रमुख अतिथि पौडेलले दक्षिण कोरियाका सुप्रशिद्ध चित्रकार जाका जांगले नेपालमा आएर चित्रकला प्रदर्शनी गर्नु त्यहाँको कला, साहित्य र सँस्कृतिलाई नेपालको विकास र समृद्धिसँग जोड्ने महत्वपूर्ण काम भएको बताउनुभयो । राज्यको आँखाले राम्ररी देख्न नसकिरहेको र अपहेलित महसुस गरिएको कलाको विकासमा संसदमार्फत राज्यको ध्यानाकर्षण गराउने उहाँले भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईले विश्वप्रशिद्ध कलाकार एवं साहित्यकार लैनसिंह वाङ्देलको पैतृक थलो खोटाङ जिल्लाबाट कलाको उन्नयनका लागि दुस्साहस नै ठहरिए पनि १४ देशका र नेपालका समेत ४० वढी ख्यातिप्राप्त चित्रकारहरुलाई सहभागी गराएर पाँचदिने चित्रकला कार्यशाला तथा प्रदर्शनी गराउन सकेकोमा नगरपालिका गौरवान्वित रहेको बताउनुभयो । अब ती चित्रहरु नगरपालिकाको ऐतिहासिक सम्पति भएको बताउदै तिनीहरुलाई चाँडै राजधानीमा समेत प्रदर्शनी गरिने उललेख गर्नुभयो ।
कार्यक्रममा ललितकला प्रतिष्ठानका उपकुलपति नारद हार्तम्छालीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रभावशाली माध्यम कला रहेको बताउँदै दुरदराजमा रहेको पहाडी जिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तर्राष्ट्रिय जगतमा स्थापित चित्रकारहरुलाई एकठाउँमा सहभागी गराएर पाँचदिन सम्म चित्रकला कार्यशाला तथा कला प्रदर्शनी गराउनु चानचुने विषय नभएको बताउनुभयो । यसले नेपाल सरकारलाई र ललितकला प्रतिष्ठानलाई पाठ सिकाएकोे उल्लेख गर्नुभयो । उहाँले यो कार्यशाला नेपालकै इतिहासमा पहिलो र ऐतिहासिक रहेको समेत बताउनुभयो । यसै सिलसिलामा दक्षिण कोरियाका चित्रकार जांगको ७ दिने एकल चित्रकला प्रदर्शनीले यहाँका कलाकारहरुलाई थप प्रेरणा दिने तथा दुई देशवीचको सम्बन्धलाई कलाको माध्यमबाट अरु सुमधुर बनाउने उपकुलपति हार्तम्छालीले बताउनुभयो ।
त्यस्तै प्राज्ञ विजय थापाले पनि राष्ट्रको स्पन्दन छाम्न कलाको महत्व बुझ्न जरुरी रहेको बताउनुभयो । जसरी कलाप्रति नागरिकहरुको स्वतस्फूर्त सम्मोहन र झुकाव दिक्तेलमा पाइयो, यो अनौठो रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘दर्जनौँ देश विदेश घुमियो, तर नागरिकहरुकै सहभागितामा स्वतस्फूर्त कला र कलकारप्रति देखाइएको सम्मान–भाव त्यहाँभन्दा अरु ठाउँमा देख्न पाइएको थिएन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको त्यो कार्यक्रमले राष्ट्रलाई नै गौरवान्वित गराएको प्राज्ञ थापाले बताउनुभयो ।
चित्रकार जांगले नेपाल आफैँ प्रकृतिको शुन्दर उपहार जस्तो लाग्छ, आफैँ कलाकारको शुन्दर श्रृजना जस्तो देश नेपालमा आएर आफूले श्रृजना गरेको चित्रकला प्रदर्शनी गर्न पाउँदा अनुपम हर्षानुभूति भएको बताउनुभयो । आफू फूलको तस्विर क्यान्भाषमा उतार्न रुचि राख्ने बताउदै ‘फूल र मानिसको जीवन–सौन्दर्यलाई कलाको माध्यमबाट उजागर गराउन चाहन्छु’– उहाँले बताउनुभयो । भन्नुभयो–‘फूल शुन्दर जीवनको प्रतिक हो ।’ दिक्तेलको कार्यक्रममा विशेष कारणवस सहभागी हुन नसककेकोमा पछुतो लागेको बताउदै आगामी दिनमा यस्तो संयोग जुरे नछुटाउने कवुल गर्दै उहाँले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराई, प्राज्ञ धनु तथा कलाकार विनिता इजमलाई दक्षिण कोरियाका लागि विशेष आमन्त्रण गर्नुभयो ।
कार्यक्रममा कलाकार तीर्थबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
जांग एकल चित्रकला प्रदर्शनीको उद्घाटन कार्यक्रममा मुन्दुम अन्तर्राष्ट्रिय कला प्रदर्शनीको प्रसंग सबैले उप्काउनुभएको थियो ।
प्राज्ञ एवं वरिष्ठ कलाकार धनु याक्खाको संयोजन तथा धनु आर्ट स्टुडियोको आयोजनामा शुरु भएको जाका जांग एकल चित्रकला प्रदर्शनी ७ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !