सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक १३, २०८०, Kathmandu,Nepal

Image

राष्ट्रपति पौडेलसँग दिक्तेल रुपाकोट मझुवागढी नपाका नगरप्रमुख भट्टराई तथा प्राज्ञहरुको भयो भेटघाट

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा वरिष्ठ चित्रकार एवं प्राज्ञको एक टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको छ । राष्ट्रपति पौडेलसँग आज शितल निवासमा नगरप्रमुख भट्टराई समेतको टोलिले भेट गर्दै दिक्तेलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मुन्दुम चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीका बारेमा चर्चा गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलसँग नगरप्रमुख भट्टराईका साथै प्राज्ञ एवं कलाकार धनु याक्खा, प्राज्ञ एवं वरिष्ठ चित्रकार विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, वरिष्ठ चित्रकार किरण सिजु, वरिष्ठ चित्रकार विनिता इजमले भेट गर्नुभएको थियो ।

टोलिसँग राष्ट्रपति पौडेल हँसिलो र प्रशन्न मुद्रामा प्रस्तुत हुँदै दुरदराज मानिने भूगोलमा १४ विदेशी राष्ट्रहरुका साथ स्वदेशका  प्रशिद्ध चित्रकारहरुलाई एकै ठाउँ जुटाएर लाइभ चित्रकला सिर्जना गर्दै कार्यशाला तथा कला प्रदर्शनी गराएर दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले इच्छा गर्दा असंभव लाग्ने काम पनि सम्भव हुने पुष्टि गरेको भन्दै नगरपालिकालाई बधाई दिनुभएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

कला , साहित्य र संगितले विश्व जगतलाई पुलको रुपमा जोड्ने भएकोले खोटाङबाट शुरु भएको यो अभियानलाई थप अगाडि बढाउन आफ्नो तर्फबाट सकारात्मक योगदान रहने राष्ट्रपति पौडेलले बताउनुभयो । त्यही क्रममा नगरवालिकाका तर्फबाट आगामी माघ १० गतेदेखि माघ मसान्तभित्र काठमाण्डौँस्थित नेपाल आर्ट काउन्सिल ववरमहलमा आयोजना गरिने चित्रकला प्रदर्शनीमा प्रमुख आतिथ्यताका लागि गरिएको अनुरोध राष्ट्रपतिबाट स्विकृत भएको थाहा भएको छ ।

गत अशोज १७ देखि २१ गते सम्म दिक्तेलवजारमा आयोजना गरिएको मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी-२०८० सम्पन्न भए पछि दोश्रो चरणको कार्यक्रम अन्तर्गत त्यहाँ तयार गरिएका चित्रकलालाई माघ अन्तिमतिर काठमाण्डौमा पनि प्रदर्शनी गरिन लागिएको बताइन्छ ।  राष्ट्रपति पौडेलबाट उक्त प्रदर्शनीको उद्घाटन तथा क्याटलक पुस्तिका विमोचन र चित्रकारहरुलाई सम्मान र प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय भएको नगरप्रमुख भट्टराइले जानकारी गराउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारलाई शुन्दर र व्यवस्थित बनाउने क्रममा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको ...

हलेसीन्यजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा नवौँ उध्योग दिवस मनाइएको छ ।...

हलेसीन्युजडेस्क, खोटाङ / आज विहान पनि काठमाण्डौँवासीले कडा भूकम्पको धक्का महसुस...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको बाराहापोखरी गाउँपालिकामा भव्य सास्कृतिक महोत्सव सम्पन्न भएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर...

Horoscopes Icon

All Horoscopes