सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर ६, २०८०, खोटाङ

Image

जाजरकोट भूकम्प पीडितका लागि भौतिक सहयोगमा जुट्यो दिप्रुङचुइचुम्मा


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते राति  गएको भूकम्प पीडित परिवारका लागि भौतिक श्रम-सहयोग गर्न जाजरकोट पुगेको छ । दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ३ छोरम्वुका वडाध्यक्ष भुपेन्द्र बस्नेतको नेतृत्वमा पालिका स्वास्थ्य शाखा अन्तर्गत हेलो डाक्टरका स्वास्थ्यकर्मी शुरेस प्रधान र वडा नं. ४ बतासे इजाराका समिर दंगाल गत ३ गते घरबाट हिडेर ४ गते भूकम्प पीडितको श्रम-सहयोगका लागि जाजरकोटको खलंगा पुगेका हुन ।

गाइघाट, लाहान, बुटवल लमही, सर्खेत हुदै  ४ गते खलंगा पुगेर ५ गतेबाट भेरी नगरपालिका वडा नं. ३ पिपलडाँडामा उहाँहरुले एक घरका लागि अस्थायी आवास निर्माणका काममा जुटिरहनु भएको टोलिका संयोजक वडाध्यक्ष भुपेन्द्र बस्नेतले हलेसी एफएमलाई जानकारी दिनुभयो ।

 

हलेसी एफएम समाचार शाखाबाट आज विहान ६ वजे वडाध्यक्ष बस्नेतसँग सम्पर्क गर्न खोज्दा उहाँहरु कार्यास्थलमा पुगिसक्नुभएको थाहा भयो ।

हिजो शुरु गरिएको अस्थायी आवास घर आज अपरान्हसम्म  निर्माण गरिसक्ने उहाँले बताउनुभयो ।

उहाँहरुलाई काममा सहयोग दिने थप जनशक्तिमा उदयपुर जिल्ला रोतामाइ गाउँपालिकाका भूतपूर्व शैनिक संघका कृष्णकुमार राई, त्रियुगा नगरपालिकाका दिनेश धामी, धिरेन धामी र राम धामी हुनुहुन्छ ।

‘यतिखेर धेरै जाडो महसुस गर्नु परेको छैन । यहाँको दर्दानक अवस्थाले हामीलाई यहाँ आएर पीडित परिवारका लागि भौतिक उपस्थितिमा केही श्रम-सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि जागेको छ ।’– वडाध्यक्ष बस्नेतको कथन छ । उहाँका अनुसार खलंगाको भौगोलिक अवस्था निकै कमजोर देखिन्छ । यहाँका सबैघरहरु ध्वस्त भएकाछन् । भूकम्प पीडितका लागि जुटिरहेको सहयोग छिटो र पारदर्शीपूर्ण ढंगबाट पीडितको पहुँचमा पुराउन उहाँको माग छ ।

यस अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसीतुवाचुङ नगरपालिकाले आर्थिक सहयोग उपलव्ध गराइसकेका छन् । तर सोही ठाउँमा पुगेर भौतिक श्रमदान मार्फत सहयोग जुटाउने काममा भने हालसम्म खोटाङबाट दिप्रुङचुइचुम्मा गाउपालिका मात्र रहेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes