सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ५, २०८१, खोटाङ

Image

दिरुममा स्थानीय पाठ्यक्रम परिमार्जनको लागि विभिन्न क्लष्टरमा कार्यशाला गरिदै

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम परिष्कृत/परिमार्जन गर्ने तयारीलाई  अगाडि बढाएको छ । हाल भएको पाठ्यक्रमलाई परिमार्जन गर्दै वडास्तरको अनुकूलतालाई समेट्ने गरी पाठ्यक्रम तयार गर्नका लागि विभिन्न क्लष्टर तोकेर त्यहाँ कार्यशाला गर्नेगरी कामलाई अगाडि बढाएको हो ।

वडास्तरीय अनुकूलतालाई लक्षित गरी स्थानीय पर्यटन, संस्कृति, धार्मिकस्थल लगायत जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई समेटेर जीवनमूखी पाठ्यक्रम तयार गर्ने कामका लागि नगरपालिकाको ६ स्थानहरुमा क्लष्टर तोकी कार्यशाला गर्ने तयारी भएको जनाइएको छ । तोकिएका क्लष्टरहरुमा आगामी जेष्ठ ७ र ८ गते सहजकर्ताहरुलाई पठाएर हरेक विद्यालयका प्रअ, विव्यास अध्यक्ष, स्थानीय विषय पढाउने शिक्षक, जनप्रतिनिधिलाई सहभागी गराई कार्यशालाको आयोजना गरी स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि व्यापक छलफल गरिनेछ ।
यही प्रयोजनका लागि शैक्षिक अभियन्ता सुर्यबहादुर राईको संयोजकत्वमा गठन गरिएको शिक्षा सुधार कार्यदलको सहयोगमा गत बैशाख १४ र १५ गते आयोजना गरिएको कार्यशालामा नगरका १५ वटै वडामा तीन÷तीन जना पाठ्यक्रम निर्माण सहजकर्ता तयार गरिएको थियो ।

६ क्लष्टरहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १, २ र ६ का लागि शुभम फाउण्डेसन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ र ५ का लागि श्रीमाबि बाँसबोटे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ र १३ का लागि नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७, ८ र ९ का लागि अन्नपूर्ण मावि बुवालुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १०, ११ र १२ का लागि कालिका माबि खार्मी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ र १५ का लागि बुईपामा कार्यशाला गर्ने तय भएको छ ।


सहजकर्ताहरु
१.शुभम फाउण्डेशन(वडा नं.१,२,६)शिवहरी ढकाल
२.श्रीमाबि बाँसबोटे ( वडा नं.४,५) लक्ष्मीप्रसाद खनाल
३.नुनथला( वडा नं.३,२,१३) बमबहादुर राई
४.अन्नपूर्ण माबि ( वडा नं.७,८,९  ) भवकृष्ण ढकाल
५. कालिका माबि (वडा नं. १०, ११, १२) प्रतिमान राई 
६. बुईपा ( वडा नंं १४, १५) ललितकुमार राई


यस्तै शुभम फाउण्डेसनमा हुने कार्यशालाका लागि शिवहरी ढकाल, श्रीमाबि बाँसबोटेमा लक्ष्मीप्रसाद खनाल, नुनथलामा बमबहादुर राई, अन्नपूर्ण माबिमा भवकृष्ण ढकाल, कालिका माबिमा प्रतिमान राई र बुईपामा हुने कार्यशालाका लागि ललितकुमार राईले सहजिकरण गर्ने नगरपालिकाले जनाएको छ । 

सहजकर्तालाई जेठ १५ गतेसम्ममा स्थानीय पाठ्यक्रमको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ । यसअघि तयार पारिएको स्थानीय पाठ्यक्रम अन्तरगत कक्षा १ देखि कक्षा ५ सम्मको दिरुम ज्ञानमालाको सट्टामा अव हरेक वडाको आआफ्नै विशिष्टतामा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउनेगरी पाठ्यक्रम परिमार्जनको कार्य अघि बढाइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

[ सम्बन्धित समाचारहरु-दिरुमको समग्र शैक्षिक सुधारका लागि ९ दिने कार्यशाला सम्पन्न

दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाद्धारा शैक्षिक गुणस्तर उकास्न प्रवोधिकरण कार्याशाला सम्पन्न

दिरुमद्धारा स्थानीय पाठ्यक्रम परिमार्जनका तयारीस्वरुप दुईदिने कार्यशाला सम्पन्न
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes