सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ६, २०८०, Khotang

Image

दिक्तेलवजारमा पाँचदिने कचहरी नाटक तालिम दिइदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलवजारमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङद्वारा पाँच दिने कचहरी नाट्य तालिमको उद्घाटन गरिएको छ । दिक्तेलवजारस्थित थ्रि व्रदर्शको हलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईले आज एक समारोहका वीच  नाट्य प्रशिक्षणका उद्घाटन गर्नुभएको हो ।  

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख भट्टरार्ईले साहित्य र कलाको माध्यमबाट समाजका विकृति विसंंगतिलाई चिर्दै सकारात्मक ढंगबाट समाजलाई रुपान्तरण गर्न सकिन्छ र त्यसमा पनि नाटक विधालाई सबैभन्दा सशक्त माध्यमका रूपमा लिने गरिएको बताउनुभयो ।  हाम्रो देश नेपाल कला, साहित्य र संस्कृतिमा संसारकै धनि देश भएको भन्दै नगर प्रमुख भट्टराईले तिनको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले  यस्तो कामहरुमा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भाद्र ६ गतेबाट सुरु भएको तालिम आगामी  १० गते सम्म सन्चालन हुने  नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाका स्वास्थ्य अधिकृत प्रबिन श्रेष्ठले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ । उहाँले थप जानकारी दिदै भन्नुभयो–‘हामीले नाटकलाई सधैं सामाजिक रुपान्तरणको एक सशक्त माध्यमका रुपमा हेरेका छौं । यसले सामाजिक, साँस्कृतिक विकृतिहरुलाई रचनात्मक र सिर्जनशिल ढंगबाट परिवर्तनका लागि अर्थपूर्ण भूमिका निभाउँछ ।’ उहाँले यो पाँच दिने कचहरी नाटक तालिमले खोटाङका कलाकारहरुलाई महत्वपूर्ण अभिनय कला र क्षमता दिलाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

कचहरी नाटक तालिममा ऐसलुखर्क गाँउपालिकाका आठ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ जना गरी जम्मा सोह्र जना सहभागी रहेकाछन् । सिन्धुली कला केन्द्रघर बाट आउनु भएका प्रशिक्षक  चित्रबहादुर मगर (सुमन)ले कचहरी नाटक प्रशिक्षणमा सहजिकरण गरिरहनुभएको छ । 

नाट्य प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रम नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षता तथा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, नगरपालिकाका स्वस्थ्य  शाखा प्रमुख खेमराज आचार्य, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिविहरुको उपस्थित रहेको थियो  

 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes