कार्तिक १६, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
धरानबाट आएको पर्यटक टोलिबाट दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ स्थित प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल मझुवागढी तथा मझुवा कालिका देविस्थान (फूलको पहाड)को अहिले दर्शन/अवलोकन भैरहेको छ । चोमोलुङ्मा राइड २०२३ नाम दिईएर पहाडि जिल्ला तर्फ पर्यटकीय यात्रामा धरानबाट निस्किएको रोयल इस्टर्न ईन्फिल्डर्स मोटरसाइकल क्लव धरानको टोलि बुधवार साँझ दिक्तेल वजार आइपुगी अहिले विहान यहाँको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल मझुवागढी तथा कालिका भगवती देविस्थान अर्थात फूलको पहाड अवलोकन मा सरिक भैरहेको नगरपालिका श्रोतले जनाएको छ ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले गत अशोज १७ देखि २१ गतेसम्म दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीको चर्चा सुनेर यो टोलिलाई खोटाङको यी क्षेत्र आउने हुटहुटी जागेको बताईन्छ ।
टोलि नेता मनिश शाहीको अगुवाईमा दिक्तेलवजार आइपुगेको २८ जनाको पर्यटक टोलिलाई आज विहान दिक्तेल हाटडाँडामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वागत/सम्मान गरी मझुवागढी तथा देविस्थानको दर्शन अवलोकन गराइरहेको छ । पूर्वबाट दिक्तेल वजार आइपुगेको गन्धर्वहरुबाट सो अवसरमा मिठो सांगितिक प्रस्तुति समेत रहेको थियो ।
नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य जनप्रतिनिधि नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीको अगुवाईमा टोलिलाई गढी तथा देविस्थान अवलोकन गराउने कार्य विहान ८ वजेदेखि शुरु भएको र ९ वजेपछि त्यहाँबाट फर्किने जनाइएको छ । नेर्पास्थित भुलभुले क्षेत्रको अवलोकन गर्दै टोलि आजै भोजपुरतर्फ प्रस्थान हुने थाहा भएको छ । यसरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महत्वपूर्ण स्थानहरुलाई स्वदेश तथा विदशेमा चिनाएर पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न सके यसबाट नगरपालिका आर्थिक, सामाजिक, साँस्कृतिक र भौतिक रुपमा पनि सवल एवं सुदृढ हुने नगरप्रमुख भट्टराईले हलेसी एफएमलाई बताउनुभयो।
सन २०१२ मा स्थापना भएको रोयल ईन्फिल्डर्स मोटरसाकइल क्लव धरानले सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक, चेतना, पर्यटन प्रवर्द्धन, लागू औषध दुर्व्यसन न्युनिकरण सम्बन्धि सचेतना फैलाउन भूमिका खेल्दै आएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !