चैत्र १३, २०७९ , Khotang
हलेसीन्युजडेस्क, खाटाङ/
जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको जोखिमलाई कम गर्न विभिन्न सवारी साधनका चालकहरुलाई प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला ट्राफिक प्रहरी कार्यालय र खोटाङ यातायात प्रालिको सहकार्य तथा समन्वयमा यात्रुवाहक बस, सुमो ,अटोका चालक र सहचालकलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि तीनदिने प्रशिक्षण दिईएको हो ।
जिल्ला प्रहरी कार्यालयको सभाहलमा सहभागी भएका १०७ जना चालक, सहचालकलाई चैत्र १० देखि १२ गतेसम्म प्रशिक्षण दिईएको थियो ।
प्रशिक्षणका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमाल पौडेलले ट्राफिक नियम, दुर्घटना न्युनिकरण, मापसे, क्षमताभन्दा बढी यात्रु बोक्दाको जोखिम, सवारी साधनलाई चुस्तदुस्त राख्ने, जथाभावि पार्किङ र चालकले साथमा वोक्नुपर्ने कागजपत्र लगायतका विषयमा जानकारी दिनुभएको थियो ।
प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङको अध्यक्षता तथा नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको आतिथ्यतामा आइतबार प्रशिक्षण कार्यक्रम विसर्जन गरिएको थियो । सो अवसरमा सहभागी चालक र सहचालकलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !