श्रावण ११, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा तोरी उत्पादन अघिल्लो बर्ष भन्दा केही मात्रामा बढेको छ । कृषि ज्ञान केन्द्र खोटाङका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन केही मात्रमा बढेको हो ।
गत वर्ष खोटाङ जिल्लामा ८३५ हेक्टर क्षेत्रफलमा ७३५ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७३६ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी सञ्जयकुमार पण्डितले जानकारी दिनु भएको छ ।
पण्डितका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्वमा केही प्रतिशत मात्र बढेको बताउनु भयो । गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन केही प्रतिशत वढेको उहाँले बताउनुभयो ।
जिल्लाको ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका र अलिक बढि केपिलासगढी गाउँपालिकामा तोरीको उत्पादन हुने र धेरथोर सबै गाउँपालिकाका कृषकहरुले तोरीको खोति लगाउने गरेको पण्डितले बताउनु भएको छ । यस्तै तोरी खेतिको लागी केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी उत्पादन गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउन समेत थालेको कृषि ज्ञानकेन्द्र खोटाङले जानकारी दिएको छ ।
केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रम अन्तरगत गाउँपालिकाले व्यवसायिक रूपमा तोरी उत्पादन गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा मूल्याङ्कन गरेर अनुदान बापतको रकम उपलब्ध गराउन थालेको बुझ्नमा आएको छ ।
व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेल विस्थापित गर्ने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको केपिलासगढी गाउँपालिकाका अध्याक्ष समिर राईले बताउनु भएको छ । किसानलाई व्यवसायिकरूपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ केपिलासगढी गाउँपालिका अगाडी बढेको अध्यक्ष राई बताउनुहुन्छ ।
खोटाङ जिल्लाका किसानले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र खोटाङले बताएको छ । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको कार्यालयले जनाएको छ । रासायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने पण्डितले बताउनु भयो ।
सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन हुने पण्डित बताउनु हुन्छ । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रुपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको कृषि ज्ञान केन्द्र खोटाङले जानकारी दिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान