सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १९, २०८०, Khotang

Image

जन्तेढुंगा गाउपालिकाका नागरिकहरुको काठमाण्डौँमा छलफल


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको जन्तेढुंगा गाउपालिका स्थायी घरभै हाल विभिन्न प्रयोजनका लागि  उपत्यकाका तीनै जिल्लाहरु काठमाण्डौ, ललितपुर तथा भक्तपुरमा बस्दै आएका नागरिकहरुको जन्तेढुंगा गाउपालिका र त्यहाँका जनताको समृद्धि तथा विकासका लागि काठमाण्डौँमा वृहत छलफल सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष अरुणादेवी राईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङको प्रमुख आतिथ्यतामा आज काठमाण्डौँस्थित निजामती कर्मचारी युनियन संघको केन्द्रिय कार्यालय ववरमहलमा जन्तेढुंगा गाउपालिका स्थायी घर भै हाल उपत्यकाभित्र विविध प्रयोजनले रहदै आएका नागरिकहरुवीच छलफल सम्पन्न भएको हो ।

पालिका उपाध्यक्ष खेमबहादुर खड्काले आजको भेलाको औचित्य र विषयवस्तुका वारेमा प्रकाश पार्नु भएको थियो । उहाँका अनुसार भेलाले काठमाण्डौँमा रहदै आएका जन्तेढुंगावासी नागरिकहरु विविध विचार, शिद्धान्त र दलसँग आवद्ध भए पनि पालिकाको विकास र समृद्धिका लागि एक भएर सरोकार पक्षहरुलाई झकझकाउन एकतावद्ध रहनुपर्ने निष्कर्ष निकाल्दै विभिन्न सरकारी कार्यालयका साथै सरकारी/गैर सरकारी निकायहरुमा पहल गर्ने प्रतिवद्धता जाहेर भएको छ ।

चिसापानीबाट छोटो दुरिमा उदयपुरलाई जोड्ने सडकवीच पर्ने सुनकाशीमा शिलन्यास गरिएको वंशिलाघाट पुलको निर्माणमा भैरहेको अत्यधिक ढिलाई प्रति सरकारको ध्यानाकर्षण गराउनुपर्ने विषय पनि छलफलमा उठेको थियो । त्यस्तै वंशिलाघाटदेखि चिसापानीसम्म खनिएको सडकको स्तरोन्नतीमा प्रदेश तथा संघीय सरकारले सहयोग नगरिरहेको तर्फ भेलाले चर्चा गर्दै माथिल्ला तहका सरकारको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालिएको थियो ।

छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य राईले जन्तेढुंगा गाउँपालिकाको विकास निर्माणमा खोटाङको निर्वाचित जनप्रतिनिधिको हैसियतले आफू सधैँ जन्तेढुंगावासीहरुको साथमा रहने र आफूले सकेको हरप्रयासलाई जारी राख्ने बताउनुभयो ।

भेलामा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव तथा पूर्व महासमिति सदस्य महेन्द्रकुमार कटुवाल, वडा नं. ६ दिप्लुङ निवासी हाल महालेखा परिक्षक कार्यालयका सहसचिवमा कार्यरत श्रीकुमार राई, वडा नं. ५ निवासी कृषि तथा स्वास्थ्य अभियन्ता देबेन्द्र बस्नेत, नेपाली कांग्रेस जन्तेढुंगा गाउपालिकाका सभापति वाजिन्द्र विष्ट, वडा नं. २ वोपुङका सामाजिक/साँस्कृतिक अभियन्ता नारदमणि राई, जन्तेढुंगा गाउपालिका वडा नं. १ देविस्थानका कृषि अभियन्ता परसु राई, वडा नं. ५ घोर्लेका कृषि तथा स्वास्थय अभियन्ता सुधिर राईलगायत विभिन्न पेशा र क्षेत्रमा आवद्ध नागरिकहरुको उपस्थिति रहेको थियो ।

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes