सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १८, २०८०, Khotang

Image

खोटाङमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु

 

हलेसीन्युजडेस्क,खोटाङ

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको सुदुर दक्षिणी क्षेत्रमा पर्ने वराहपोखरी गाउँपालिका–१ वराहपोखरीमा ट्याक्टर दुर्घट्ना हुँदा झापा बुद्धशान्ति नगरपालिका–४ शान्तिनगरका २८ वर्षीय चालक अमृत लिम्बुको ज्यान गएको हो ।

वराहपोखरीको भिरगाउँस्थित रुम्दुबाट रसुवाघाटतर्फ खयरको काठ लिएर गईरहेको मे १ त ८५९७ नम्बरको ट्याक्टर शनिबार साँझ ५ः३० बजे सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घट्ना भएको जनाइएको छ ।

लिम्बुको शव सडकभन्दा ५०० मिटर तल भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी हरि बरालले जानकारी दिनुभयो ।

ट्याक्टरमा सवार वराहपोखरीका २४ वर्षीय मुकेश मगर गम्भीर घाईते भएका छन् । मगरको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको उदयपुरको गाईघाटमा उपचार भैरहेको थाहा भएको छ । 

घट्नाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes