चैत्र २३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.८ दोर्पा चिउरीडाँडामा निर्माण भैरहेको सिँचाई योजनाको अनुगमन गरिदा स्टिमेट अनुसार नभएको पाइएको छ । नगरप्रमुख तीर्थराज भट्टराई नेतृत्वमा एक टोलि चैत्र २० गते वडा नं. ८ दोर्पाचिउरीडाँडास्थित निर्माणाधिन घट्टेकुलो सिँचाई योजनाको अनुगमन निरीक्षण गर्दा स्टिेमेट अनुसार नपाइएको हो ।
संघीय सरकार, प्रदेश सरकार, नगरपालिका, स्विस सरकार विकास नियोग तथा स्थानीय उपभोक्ताहरुको साझेदारीमा निर्माण भैरहेको घट्टेकुलो सिँचाई योजनाका सम्बन्धमा स्थानीयहरुबाट गुनासाहरु आइरहेकोले चैत्र १९ गते साना सिँचाई क्लष्टर संयोजक .रमा मगरलाई उक्त कुलो अनुगमनका लागि खटाइएको थियो । उहाँले निरीक्षणको क्रममा कुलोको मेशिनरी कामहरु स्टिमेट अनुसार नगरिएको पाइए पछि गुणस्तर सुनिश्चित नहुन्जेलसम्म निर्माण कार्य स्थगित गर्न सुझाव दिएर फर्र्किनुभएको जनाइएको छ ।
त्यसपछि लगत्तै चैत्र २० गते नगरप्रमुख भट्टराई नगरपालिकाको प्राविधिक टोलिसहित स्थलगत अनुगमन निरीक्षणमा जानुभएको थियो । उक्त कुलोका सम्बन्धमा स्थानीय उपभोक्ता तथा पूर्व वडासदस्य हरि चाम्लिङले केहीदिन अगाडि सामाजिक सञ्जालमा घट्टेकुलोको निर्माण कार्य गुणस्तरहिन भएको भन्दै सम्बन्धित निकायले चाँडो अनुगमन गर्नुपर्ने मनसायका साथ भिडियो पोष्ट गर्नुभएको थियो ।
अनुगमनका क्रममा निर्माणाधिन कुलोको दुईचार ठाउँमा भत्काएर हेर्दा कतिपय ठाउँमा स्टिमेट अनुसार फलामे रड नराखिएको पाइएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ ।
नगरप्रमुखको संयोजकत्वमा बनेको साना सिँचाई कार्यक्रम कार्यान्वयन समितिले प्राविधिक स्टिमेट बमोजिम कार्य भएको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी रकम उपलव्ध गराइने भएको छ । प्राविधिक स्टिमेट अनुसार काम हुन नसकेमा पेश्की वापत लगिएको रकम समेत फिर्ता गरिनुपर्ने जनाइएको छ ।
संघीय सरकारबाट रु ११ लाख ५६ हजार, प्रदेश सरकारबाट रु ११ लाख ५६ हजार, नगरपालिकाको तर्फबाट रु ११ लाख ५६ हजार, स्विस सरकार नियोगबाट रु १७ लाख ३४ हजार र स्थानीय उपभोक्ता समितिको तर्फबाट रु ५ लाख ७८ हजार लागत साझेदारीबाट कुल वजेट रु. ५७ लाख ८० हजार रकममा निर्माण सम्पन्न गर्नेगरी गत पौष ८ गते स्थानीय गोविन्द बहादुर कठैतको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले सम्झौता गरी काम अगाडि बढाइएको थियो ।
सम्झौता पत्र अनुसार कुलो २०८१ बैशाख २० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेमा निर्माणकै चरणमा यस्तो कमजोरी पाइएपछि स्थानीयहरु चिन्तित रहेको पाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !