चैत्र ०४, २०७९ , Khotang
--तीर्थराज भाषित
२०६० सालमा मेरा पिताजी लक्ष्मीप्रसाद भट्टराई गम्भीर अस्वस्थ भई ओछ्यानमा थलिनु भएको थियो । माओवादीले समाजमा देखिएको विकृति, विसंगति र पछौटे पनको समूल नष्ट गर्दै नयाँ समाज निर्माण गर्ने उद्घोष गरेर संचालन गरेको जनयुद्धको भयावह अवस्था । न आफन्त भेट्ने अवसर मिल्थ्यो न मीठो मसिनो खाने । न गरिखाने अवस्था थियो न डाडुमा पानी तताएर मर्न सकिने । समय आतंकित थियोे, माओवादी जनसेना र सुरक्षा निकाय तथा नेपाली सेनाबाट । कतिपय मानिसले चेपुवामा परेर अकालमा ज्यान गुमाउनु पर्यो भने कतिपयले घरबास छोडेर विस्थापित हुनुपर्यो ।
अन्तर्राष्ट्रिय स्तरमा पनि युद्ध र विद्रोह हुँदा यस्ता घटनाहरू प्रशस्तै भएको पाइन्छ । यस्ता विषयलाई इगोको रूपमा भन्दा पनि समाज परिवर्तन हुने क्रममा भएको विद्रोह र घटनाक्रमलाई आत्मसात गरेर जानु नै बुद्धिमता ठहरिन्छ । माओवादी विद्रोहलाई केही स्वघोषित पन्डितहरूले अतिरन्जित ढंगले लान्छना लगाउनु पुर्वाग्रह देखिन्छ भने माओवादीका केही नेताहरूले सापेक्षतालाई स्वीकार्न नसक्नु पनि अतिवादी देखिन्छ । जनयुद्धको बलमा स्थापित गणतन्त्र र नेपाली काङ्ग्रेस लगायत राजनीतिक दलको बलमा प्राप्त लोकतान्त्रिक शासन पद्धति समाज समृद्धि गर्ने अचुक ओैषधीको रूपमा हामीले सदुपयोग गर्नुपर्छ । हामीले परिस्थितिलाई बुझ्न सकेनौं भने स्थिति काबुबाहिर जानेमा दुई मत छैन ।
२०६० साल द्वन्द्वका समयमा मैले विवाह बन्धनमा बाँधिनुपर्ने अवस्था आयो । पिताजीको स्वास्थ्य अवस्था नाजुक भएकोले परिबन्धमा परेँ । म विवाह गर्ने उद्देश्यले भन्दा पनि वर्षौंदेखि घरमा दशैको टीका नलगाएको कारणले परिवारका सदस्यसँग खुशी बाँड्दै समाजसँग चिनजान र परिचित हुन घर निक्लेको थिएँ । तर पिताजीको चिन्ता र अवस्थाले मलाई विवाह बन्धनमा बाँधिनुपर्ने अवस्था सिर्जना ग–यो । २०६० सालमा दशैको टिकाको दिनदेखि बिवाह गर्नका लागि बेहुली हेर्न थालिएको थियो, यी सबै परिस्थितिलाई छिचोल्दै मंसिर १२ गते साँझको भेट निर्णायक बन्यो । यी विचमा भएका विवाह सम्बन्धिका घटनाक्रम र भेटलाई सार्थक पार्न प्रयत्नशिल पात्रका विषयमा पछि लेखेर सार्वजनिक गर्नेछु ।
विवाह गर्नका लागि दिनै पिच्छेको पिताजीको दबाव र उहाँको स्वास्थमा दिन दुई गुना रात चौगुना बिग्रेको अवस्थाले बाध्य बनायो । म साँङ्लोबाट खुस्किएको भोटे कुकुर जस्तो मैमत्ता थिएँ । तर पिताजी नै नरहे मेरो जीवन निरर्थक हुन्छ र कर्तव्यच्यूत छोराको रूपमा कलंकित हुने त्रासले म एक साताको लागि दोर्पा आएको भएता पनि करिब ५ महिना घर बसेँ ।
मेरा अनन्य मित्र महेन्द्र कटुवालको सल्लाह र नेपाली काङ्ग्रेसका नेता वतासे निवासी शम्भु राउतको साथमा म ओख्रे डाँडागाउँ तर्फ मोडिएँ । केटी खोज्न धेरै उकाली ओराली गर्दा समेत असफल भएको हुनाले अविश्वास राख्दै त्यतातिर गएको थिएँ । बेलुका आदरणीय शिक्षक गुरु शरण राईको निवासमा विश्राम गरियो । लोकतान्त्रिक आन्दोलनमा लामो योगदान पुर्याउनु भएको गुरु शरण सरमा पारिवारिक तथा व्यवहारिक निपूर्णता समेत भएकोले मेरो समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्माण गर्नुभयो । १३ गते मंसिर विहान नेपाली काङ्ग्रेसका जिल्ला सभापति, साहित्यकार आदरणीय विष्णु आभूषणको छोरम्बुस्थित याङ्सोला घरमा शरण सर र म गयौं । हाम्रो त्यहाँ जानुको उद्देश्य बतायौँ । उहाँको हार्दिकता र शुभेच्छा लिएर सोही दिन साँझ ५ बजे केटी माग्ने उद्देश्यले हामी चारकिल्ला निवास तर्फ अघि बढ्यौं । न परिवारको सदस्य छन् साथमा न व्यवहारिक ज्ञान सीप छ म सँग । केवल वैचारिक ज्ञान, सैद्धान्तिक अडान र समाजप्रतिको उत्तरदायित्व भन्दा अरू शून्य । नेपाली काङ्ग्रेसका नेता– कार्यकर्ता, सेना र प्रहरीलाई माओवादीले खोजी खोजी हत्या तथा अन्य विभिन्न प्रकारको कार्वाही गरिरहेको थियोे त्यो समय ।
भुतले खाजा खाने समयमा विवाह गर्न खोज्नु मूर्खतापूर्ण नै थियोे । तर पनि पिताजीको ईच्छा पूरा गरी सांसारिक जीवनमा आफूलाई बाँध्नु पर्ने बाध्यात्मक अवस्था थियोे मेरो । हजुरबुबा षडानन्द गुरागाई साथमा शरण सर र म तिलक कार्की जो प्रतिष्ठित शिक्षक हुनुहुन्थ्यो डाँडागाउँमा, उहाँको घरमा १ घण्टा बसेर केटीको कुरा गर्न अघि बढ्यौं । तिलक सरलाई थाहा पत्तो दिएनौँ हामीले । विषय गोपनीयता नै राख्ने सल्लाह थियो । कुखुरे खेतमा करिब २ घण्टा उभिएर कुरा ग–यौँ । द्वन्द्वको समय भएकोले छोरी दिने कुरा सुन्न मान्नु भएन रत्नप्रसाद सिग्देलले । साथमा भाइ उदय र हजुर बा सहित ५ जना थियौँ हामी । शरण सरले सम्झाउने , फकाउने र धम्क्याउने सबै प्रकारको अस्त्र प्रयोग गरेपछि अन्ततः घरमा बसेर छलफल गर्न र दोर्पा केटाको पारिवारिक अवस्था बुझ्न जाने सहमति भयो । सायद शरण सरको दवाव र उहाँको प्रतिष्ठित पारिवारिक प्रभाव नभएको भए सहज अवस्थामा छलफल गर्ने वातावरण बन्ने थिएन । करिब २ घण्टाको गर्मागर्मी छलफल र बहसबाट म केटीको घरमा गएर बस्ने र शरण सर र षडानन्द गुरागाई हजुरबा पिपलडाँडा तर्फ फर्कनु भयो ।
राति १२ बजेसम्मको छलफलबाट केटीको बुवा, भाइ र म १४ गते दोर्पा जाने निश्चित भयो । १० घण्टासम्मको सँगसँगैको लामो पैदल यात्रा र बुवाको सरल, निष्कपट र इमान्दारिताले मलाई त प्रभावित बनायो नै तर उहाँलाई मेरो स्वभाव र व्यवहारले प्रभावित बनाउन सकेन । हुनत मेरो घरायसी अबस्थाले मलाई गलाएर नौनी जस्तो कोमल बनाएकोमा दुई मत छैन । १५ गते बेलुकी दोर्पामा उहाँको सालो विष्णुप्रसाद ढकाल , मुलाबारी हजुरबा , काका लक्ष्मी ढकाल , भाइ उदयराज सिग्देल , म र केटीका बुवा रत्नप्रसाद सिग्देल सहितको ५ घण्टा लामो छलफलले १७ गते विवाह गर्ने टुंगोमा पुग्यौं ।
१७ गते मंसिरको राति विवाह गर्ने निश्चित भएकोले मेरो जेठो दाजु गुणराज , कान्छोभाइ पर्शुराम , कान्छा काकाको छोरा दाजु मोतिकृष्ण र मेघराज , कान्छी दिदीकी छोरी राधा र पुरोहित धर्मराज खनाल सहित ७ जना बेहुली लिन चारकिल्ला ओख्रे गयौं । करिव १०० हाराहारी मानिसको उपस्थितिमा हामी भने जम्मा ७ जना जन्ति गएको अवस्था दयनीय र टिठ लाग्दो थियो । माओवादीको अनुमति नलिई एउटा गाउँबाट अर्को गाउँमा जाने अबस्था थिएन । माओवादीसँग अनुमति नलिई हुने विवाह कम चुनौतीपूर्ण थिएन तर पनि परिस्थिति र अवस्थाले हामीलाई थेत्तरो बनाएको थियोे । १७ गते राति जब आफ्नी कान्छी छोरी कुमारीलाई कन्यादान गरेर मलाई सुम्पनु भयो तबदेखि हामी परिवारको बन्धनमा बाँधियौँ । पूर्व वडा अध्यक्षको रूपमा जनप्रतिनिधि भई सामाजिक सेवामा समर्पित हुनु भएको मेरो ससुरा बुवा रत्नप्रसाद सिग्देल सरल, सिधा , इमानदार र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो । उहाँले सधैं समाज र परिवारको हितमा आफूलाई समर्पित गर्नुभयो ।
२०७५ सालदेखि विराटनगर स्थित ओैषधी विभागको पश्चिम तर्फ कान्छो छोरा बुहारी उदय र कमलासँग बस्दै आउनु भएको थियोे । जेठो छोरा बुहारी तोया र सविता पनि विराटनगर स्थित पुष्पलाल चौकमा बस्नुहुन्छ । जेठी छोरी गीता सुवेदी रामपूर उदयपुरमा बस्नुहुन्छ । ४ सन्तानमा जेठी छोरी गीतालाई पढाउन नपाएकोमा आफूलाई आत्माग्लानी भएको पटकपटक दोहो–याउनु हुन्थ्यो । उहाँको चिन्ता जेठी छोरीप्रति रहेकोले अन्य ३ सन्तानले दिदीप्रति सम्मान र गच्छ्ये अनुसार सहयोग गर्नसके पक्कै पनि वुवाको भावनाको सम्मान हुन आउँछ भन्ने मेरो निष्कर्ष छ । उहाँका भाइ भतिजा र अधिकाँश दाजुभाइ विराटनगर नै बसोबास गर्नुहुन्छ ।
२ वर्ष अगाडि आफ्नी धर्मपत्नीको ६२ वर्षको उमेरमा स्वर्गारोहणबाट शोकमा पर्नु भएपछि आफुलाई सम्हाल्न सक्नु भएन । श्रीमती इन्द्रकलाको विलौना गर्दागर्दै फागुन २३ गते उहाँ गोलोकधाम प्रस्थान गर्नुभयो । न बजे बाँस न बजे बाँसुरी भने झै अधिक चिन्ताबाट न उहाँ रहनुभयो न हामीले वुवासँगै रम्न- बस्न पायौं ।
जे नहुनु थियो, त्यही भयो । अन्य रोग पनि केही थिएन । छोरा बुहारीले पटकपटक परामर्शका लागि अस्पताल पनि लैजानु भयो तर आफुलाई सम्हाल्न नसकेको कारण सदासदाका लागि हामीबाट विदा हुनुभयो । हाम्रो कामना छ यो संसार छोडेर अर्कै संसारमा जानुहुने वुवा रत्नप्रसाद र आमा इन्द्रकलाको भेट होस् र अमर-प्रेममा बाँधिएर बस्ने अवसर मिलोस् ! भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछौं ।
वुवाको स्वर्गारोहणमा मलामी जानुहुने दाजुभाइ, शुभेच्छुक÷ शुभचिन्तक, आफन्तजन तथा १३ दिनको कर्मका क्रममा हामीलाई घरमा आएर समवेदना दिनुहुने राप्रपाका नेता तथा समाजवादी नेता एवम् कोशी प्रदेशका कृषि मन्त्री माननीय भक्तिप्रसाद सिटौला लगायत सम्पूर्ण महानुभाव, सामाजिक संजाल तथा टेलिफोन मार्फत शुभेच्छा राख्ने एवम् आ–आफ्नो ठाउँमा रहेर सम्झनु हुने सबै सबैप्रति परिवारको तर्फबाट यसै लेख मार्फत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
(लेखक हाल दिक्तेलरुपाकोटमझुवागढी नगरपालिकाका नगरप्रमुख तथा हलेसी सूचना-सञ्चार सहकारी संस्थाका प्रवन्ध निर्देशकको जिम्मवारीमा रहनुभएको छ । )
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान