चैत्र ३०, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले लालीगुराँस प्रजातिका वनस्पति संरक्षणका लागि सर्वसाधारणलाई सचेत गराएको छ । वनजंगलमा घाँस दाउरा काट्ने क्रममा गुराँसका हाँगा भाच्ने, जथाभावी गुराँसका फूलहरु टिप्ने विरुवाहरु भाँच्ने गरेको पाइएपछि सार्वजनिक सूचना जारी गर्दै त्यस्तो काम नगर्न गाउँपालिकाले सचेत गराएको हो ।

गत शुक्रवार पालिका अध्यक्ष अरुणा देवि राईद्धारा जारी सूचनामा लालि गुराँस नेपालको राष्ट्रिय फूल हुनुका साथै वनको सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण अंश भएकोले यसको संरक्षण अत्यन्त आवश्यक भएको जनाइएको छ । सार्वजनिक सूचनामार्फत सबै वन उपभोक्ता तथा स्थानीय वासिन्दाहरुलाई वन क्षेत्रमा घाँस तथा दाउरा संकलन गर्दा गुराँसका विरुवालाई कुनै पनि प्रकारको क्षति नपुराउन अनुरोध गरिएको छ ।
गुराँसका हाँगा भाँच्ने, फूल टिप्ने, तथा गुराँसका विरुवाहरुलाई हानी पुग्ने खालको गतविधि नगर्न सूचना मार्फत जानकारी गराउँदै वन तथा वातावरणको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको खुलाइएको छ । गाउँपालिकाले गुराँसको संरक्षणमा सबै पालिकावासीको सक्रिय सहयोगका लागि समेत आह्वान गरेको छ ।
स्थानीयवासीका अनुसार रातो गुराँसका साथै सेता गुराँसको प्रजाति पनि जन्तेढुंगा गाउँपालिकाका लेकाली भूभागमा पाइन्छ ।
लालीगुराँस नेपालको वन र संस्कृतिसँग जोडिएको महत्वपूर्ण वनस्पति हो ।
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
ज्ञापनपत्र मार्फत समाधानको माग हलेसीन्युजडेस्क, खोटाङ/ चैत्र १७, मंगलवार, खोटाङ...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान