चैत्र १३, २०८२ , Khotang
५७ कैदी लाभान्वित, ३० जनालाई चस्मा वितरण
हलेसीन्युजडेस्क, खोटाङ
चैत्र १३, शुक्रवार ÷ नेपाल नेत्र ज्योति संघको ४८औँ स्थापना दिवसको अवसर पारेर खोटाङ जिल्लाको दिक्तेल कारागारमा रहेका कैदीहरूलाई लक्षित गर्दै एक दिने निःशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम सम्पन्न भएको छ । समाजका सबै वर्गसम्म स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यका साथ नेत्र ज्योति संघ खोटाङद्धारा सञ्चालन गरिएको उक्त कार्यक्रमले कारागारभित्र रहेका कैदीहरूको स्वास्थ्य अवस्थाप्रति सकारात्मक ध्यानाकर्षण गराएको छ ।

कार्यक्रम अन्तर्गत कुल ५७ जना कैदीहरूको आँखा परीक्षण गरिएको थियो, जसमा ५६ जना पुरुष र १ जना महिला रहेका थिए । आँखा उपचार केन्द्रबाट खटिएका प्राविधिक टोलीले गरेको जाँचका क्रममा धेरै कैदीहरूमा दृष्टि कमजोर हुने, आँखा पोल्ने, टाउको दुख्ने तथा नजिक–टाढा देख्न समस्या हुने जस्ता समस्या देखिएको जानकारी दिइएको छ ।
नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले हलेसी एफ एमसँग कुराकानी गर्दै आँखा मानव जीवनको संवेदनशील अंग भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार विभिन्न कारणले मानिसको आँखाको दृष्टि क्षमतामा ह्रास आउँछ, जसको यथोचित उपचार गर्न सके दृष्टि क्षमता फर्काउन सकिन्छ ।
आज कैदीहरुको आँखा जाँचपछि आवश्यकताअनुसार ३० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने २० जनालाई औषधि उपलब्ध गराइएको छ । साथै, ७ जनालाई थप उपचार तथा नियमित जाँचका लागि सल्लाह दिइएको छ ।
सभापति कसजुले कारागारभित्र रहेका व्यक्तिहरू स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थालाई ध्यानमा राख्दै यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले “कारागारभित्र रहेका व्यक्तिहरू पनि समाजकै हिस्सा हुन्, उनीहरूको स्वास्थ्यप्रति ध्यान दिनु सबैको दायित्व हो” भन्दै समयमै परीक्षण र उपचारको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमप्रति कैदीहरूमा उत्साहजनक सहभागिता देखिएको थियो । लामो समयदेखि आँखा समस्या भोगिरहेका कैदीहरूले पहिलो पटक निःशुल्क जाँच तथा उपचार पाउँदा खुशी व्यक्त गरेका छन् । चस्मा प्राप्त गरेपछि दैनिक जीवन सहज हुने उनीहरूको प्रतिकृया रहेको छ ।
कारागार प्रशासनले पनि कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै यस्ता स्वास्थ्य सेवामूलक गतिविधिले कैदीहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याएको जनाएको छ । आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने तर्फ सरोकार पक्षको ध्यानाकर्षण गराइएको छ ।
नेपाल नेत्र ज्योति संघले स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी समाजका पिछडिएका तथा पहुँचविहीन वर्गसम्म स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । संघले विगतदेखि नै देशका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच, शल्यक्रिया शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस कार्यक्रमले उपचार सेवा मात्र नभई आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न र समयमै समस्या पहिचान गर्न प्रेरित गर्ने विश्वास गरिएको छ । कारागारभित्र सञ्चालन गरिएको यो कार्यक्रम सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको स्थानीयवासी बताउछन् ।
हलेसीन्युजडेस्क,खोटाङ, चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित...
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान