चैत्र २१, २०८२ , Khotang
हलेसीन्युजडेस्क,खोटाङ ।
चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्थानीय सहयोगमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगबाट चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म ३ दिन शिविर सञ्चालन भएको हो ।
नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूका अनुसार दुर्गम तथा ग्रामीण भेगका नागरिकलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। विशेषगरी आर्थिक अवस्था कमजोर भएका, अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले अपेक्षाभन्दा बढी उपलब्धि हासिल गरेको उहाँले बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन भएको शिविरमा आँखासम्बन्धी विविध सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो । शिविर अन्तर्गत आँखाको विस्तृत परीक्षण, मोतियाविन्दु लगायतका रोगको पहिचान, आवश्यक बिरामीहरूको शल्यक्रिया, निःशुल्क औषधि वितरण, दृष्टिदोष भएका व्यक्तिलाई चश्मा वितरण तथा शल्यक्रियापछि आवश्यक पर्ने कालो चश्मा र औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानबाट मुख्य शल्य चिकित्सक डा. उदय चन्द्र प्रकासका साथ १३ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोली आएर आधुनिक उपकरणको प्रयोग गरी सेवा प्रदान गरेको थियो । यसबाट सेवाग्राहीहरूले गुणस्तरीय उपचार सेवा प्राप्त गरेका सेवाग्राहीको भनाइ छ । स्थानीयवासीले गाउँमै यस्तो सेवा उपलब्ध हुनु अत्यन्त महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
आयोजकका अनुसार शिविर अवधिभर १ हजार १३९ जनाले नाम दर्ता गराएका थिए र सबैले आँखा परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा १४९ जनामा शल्यक्रिया आवश्यक देखिएको थियो भने तीमध्ये ११५ जनाको सफलतापूर्वक अपरेशन गरिएको छ। शल्यक्रिया गरिएका बिरामीलाई आवश्यक परामर्शसहित औषधि र कालो चश्मा वितरण गरिएको छ।
यसैगरी, दृष्टिदोष भएका ४८५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको छ। लामो समयदेखि दृष्टि समस्याबाट पीडित ज्येष्ठ नागरिकले चश्मा पाएपछि दैनिक जीवन सहज बन्ने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै, शिविर अवधिभर ७७० जनालाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ। सामान्य आँखासम्बन्धी समस्या भएका बिरामीहरूले औषधि पाएपछि राहत महसुस गरेका छन् ।
शिविरमा सहभागी सेवाग्राहीहरूले यस्तो प्रकारको निःशुल्क स्वास्थ्य सेवा अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार यस्ता शिविरहरूले ग्रामीण तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै दीर्घकालीन रूपमा अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको नेपाल नेत्र ज्योति संघ खोटाङले जनाएको छ ।
उक्त शिविरका लागि आर्थिक सहयोग सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगरले गरेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
ज्ञापनपत्र मार्फत समाधानको माग हलेसीन्युजडेस्क, खोटाङ/ चैत्र १७, मंगलवार, खोटाङ...
५७ कैदी लाभान्वित, ३० जनालाई चस्मा वितरण हलेसीन्युजडेस्क, खोटाङ चैत्र...
हलेसीन्युजडेस्क,खोटाङ, चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित...
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान