चैत्र ३०, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
चैत्र ३०, सोमवार / जिल्ला प्रहरी कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त सहकार्यमा दिक्तेल बजार क्षेत्रमा व्यापक सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । नगर प्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा आइतबार सञ्चालन गरिएको उक्त अभियान जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी कर्मचारीहरू, नगरपालिकाका राष्ट्रसेवक कर्मचारीहरु तथा स्थानीयबासीहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो ।




सरसफाइ अभियान अन्तर्गत सामूहिक प्रयासमार्फत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अन्तर्गत पर्ने हस्पिटल चोकदेखि अल्छेढुङ्गा क्षेत्रसम्म सरसफाई गरिएको आयोजकले जनाइएको छ ।
सरसफाईका क्रममा सडक किनारमा थुप्रिएको फोहोर व्यवस्थापन गर्नुका साथै सार्वजनिक स्थलहरू सफा गरिएका थिए । यस अभियानले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य समेत बोकेको बताइन्छ । सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नगर प्रमुख भट्टराईले स्वच्छ र स्वस्थ वातावरण मानव जीवनका लागि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले वातावरण संरक्षण र सरसफाईलाई प्राथमिकतामा राख्दै विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय खोटाङले समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
ज्ञापनपत्र मार्फत समाधानको माग हलेसीन्युजडेस्क, खोटाङ/ चैत्र १७, मंगलवार, खोटाङ...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान