चैत्र २४, २०८२ , Khotang
वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन
हलेसीन्युजडेस्क, खोटाङ ।
चैत्र २४, मंगलवार / जिल्लाको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्दै दीर्घकालीन विकासको आधार तयार गर्ने उद्देश्यका साथ दोस्रो “राष्ट्रिय आर्थिक गणना, २०८२” खोटाङमा सञ्चालन हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालय, खोटाङका अनुसार गणना कार्य आगामी २०८३ साल वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म जिल्लाभर सञ्चालन गरिनेछ ।
जिल्ला आर्थिक गणना अधिकारी विकास मल्लले हलेसी एफ.एम.सँग कुराकानी गर्दै आर्थिक गणना मुलुकको आर्थिक संरचना बुझ्नका लागि महत्वपूर्ण राष्ट्रिय अभियान भएको बताउनुभयो। उहाँका अनुसार यसले उद्योग, व्यापार, कृषि, सेवा लगायतका सबै क्षेत्रका आर्थिक गतिविधिहरूको विस्तृत तथा विश्वसनीय तथ्याङ्क संकलन गर्नेछ।
“आर्थिक गणना कुनै एक क्षेत्रमा सीमित नभई समग्र आर्थिक क्रियाकलापहरूको यथार्थ विवरण प्रस्तुत गर्ने आधार हो,” मल्लले भन्नुभयो, “यसबाट प्राप्त तथ्याङ्कले नीति निर्माण, योजना तर्जुमा र स्रोत व्यवस्थापनमा महत्वपूर्ण सहयोग पु-याउँछ।”
गणना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ । गणनामा खटिने सुपरिवेक्षक तथा गणकहरूलाई २०८२ चैत २६ गतेदेखि ३० गतेसम्म पाँच दिने तालिम प्रदान गरिनेछ। त्यसपछि उनीहरूलाई वैशाख २ देखि असार ७ सम्म जिल्लाका १० वटै स्थानीय तहमा परिचालन गरिनेछ ।
यस अभियानअन्तर्गत साना, मझौला तथा ठूला उद्योग, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था लगायत सबै प्रकारका आर्थिक गतिविधिमा संलग्न व्यवसायहरू समेटिने छन्। संकलित तथ्याङ्कले जिल्लाको उद्योग–व्यवसायको अवस्था, रोजगारीको स्थिति, उत्पादन तथा सेवा क्षेत्रको वास्तविक चित्र स्पष्ट पार्ने विश्वास गरिएको छ ।
जिल्ला आर्थिक गणना अधिकारी मल्लले गणना कार्य सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। “गणकहरूले मागेका विवरण सही र पूर्ण रूपमा उपलब्ध गराउनु सबै नागरिकको दायित्व हो,” उहाँले उल्लेख गर्नुभयो ।
यसपटकको आर्थिक गणनाले खोटाङ जिल्लाको आर्थिक सम्भावना, चुनौती तथा विकासका प्राथमिकता पहिचान गर्न महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
ज्ञापनपत्र मार्फत समाधानको माग हलेसीन्युजडेस्क, खोटाङ/ चैत्र १७, मंगलवार, खोटाङ...
५७ कैदी लाभान्वित, ३० जनालाई चस्मा वितरण हलेसीन्युजडेस्क, खोटाङ चैत्र...
हलेसीन्युजडेस्क,खोटाङ, चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित...
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान