चैत्र १७, २०८२ , Khotang
ज्ञापनपत्र मार्फत समाधानको माग
हलेसीन्युजडेस्क, खोटाङ/
चैत्र १७, मंगलवार, खोटाङ जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकको कारण आक्रान्त बनेका किसानहरूले आज आफ्नो समस्या समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई विस्तृत ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि बालीनालीमा निरन्तर क्षति व्यहोर्दै आएका कृषकहरूले राज्यका सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो गर्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन् ।
ज्ञापनपत्रमा बाँदर नियन्त्रणका लागि वैज्ञानिक तथा दिगो उपाया अवलम्बन गर्नुपर्ने, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा स्थानीय तहसँग समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग उल्लेख गरिएको छ। किसानहरूले मकै, कोदो, गहुँ, आलु, तरकारी लगायतका बालीमा बाँदरले व्यापक क्षति पु¥याएको बताउँदै यसले उनीहरूको दैनिक जीविकोपार्जनमै गम्भीर असर पारेको उल्लेख गरेका छन्। केही किसानहरूले त वर्षभरिको मेहनत एकैछिनमा नष्ट हुने अवस्था आएको भन्दै अत्यन्तै मार्मिक अवस्था सिर्जना भएको बताएका छन् ।
यसै सन्दर्भमा आज दिक्तेल बजारमा बाँदर पीडित किसानहरूले कृषि औजारसहित विरोध प्रदर्शनसमेत गरेका छन्। हलो, कोदालो, हँसिया लगायतका औजार बोकेर सडकमा उत्रिएका किसानहरूले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन नाराबाजी गरेका थिए। “ बाँदर व्यवस्थापन गर्ने पर्छ, गाँउमा बाँदर भरियो, जनता भोकै परियो, जस्ता नाराले दिक्तेल बजार क्षेत्र गुञ्जायमान बनेको थियो। प्रदर्शनमा महिला, वृद्ध तथा युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका विभिन्न वडाबाट किसानहरू कार्यक्रमस्थलमा भेला भएका थिए। कार्यक्रममा बोल्ने अधिकांश किसानहरूले समस्या वर्षौंदेखि दोहोरिँदै आएको भए पनि समाधानका लागि ठोस पहल नदेखिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। उनीहरूले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबीच समन्वय अभावका कारण समस्या झन् जटिल बन्दै गएको बताएका छन्।कार्यक्रममा सहभागी किसानहरूले बाँदर नियन्त्रणका लागि वन क्षेत्र व्यवस्थापन, प्राकृतिक वासस्थान संरक्षण, आवश्यक परे नियन्त्रणका वैकल्पिक उपाय अपनाउने, तथा किसानलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने जस्ता मागहरू अघि सारेका छन्।
यसैबीच, बालीनाली संरक्षण तथा बाँदर नियन्त्रणका लागि १५ सदस्यीय तदर्थ समिति गठन पनि गरिएको छ। उक्त समितिमा विभिन्न वडाबाट प्रतिनिधित्व रहने गरी संरचना तयार पारिएको बताइएको छ। समितिले आगामी दिनमा किसानहरूको समस्या व्यवस्थित रूपमा उठाउने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा आवश्यक दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी लिनेछ।
समितिका एक सदस्य दुर्गा प्रसाद घिमिरेले हलेसी एफएमसँग कुरा गर्दै तदर्थ समितिको पहिलो औपचारिक बैठक आगामी चैत्र १८ गते बुधबार बस्ने जानकारी दिनुभएको छ । उक्त बैठकले समितिको पदाधिकारी चयन, कार्यविभाजन तथा आगामी रणनीति तय गर्ने उहाले बताउनु भयो । किसानहरूको यो आन्दोलनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विश्वास लिइएको छ। लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका किसानहरूले यसपटक भने सरकारबाट ठोस निर्णय आउने अपेक्षा गरेका छन् ।
यता नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदर समस्या समाधानका लागि दिक्तेलबाट पाइलटिङ सुरु गर्ने सरकारको तयारी रहेको जनाइएको छ ।
स्थानीय कृषक प्रतिनिधिका अनुसार बाँदरको बढ्दो समस्या समाधानको माग गर्दै नगरप्रमुख भट्टराई २०८२ साउन ११ गतेदेखि १८ गतेसम्म काठमाडौंको माइतिघर मण्डलामा आमरण अनशनमा बस्नुभएको थियो । सोही क्रममा नेपाल सरकारसँग भएको सहमतिअनुसार अब दीर्घकालीन समाधानका लागि देशमै पहिलोपटक दिक्तेलबाट पाइलटिङ कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ ।
खोटाङ जिल्लासहित विभिन्न स्थानका कृषकहरू बाँदर आतंकबाट पीडित भइरहेका बेला समस्या समाधानका लागि सरकारसँग सहमति भएको नगरपालिका श्रोतले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
५७ कैदी लाभान्वित, ३० जनालाई चस्मा वितरण हलेसीन्युजडेस्क, खोटाङ चैत्र...
हलेसीन्युजडेस्क,खोटाङ, चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित...
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान