चैत्र ११, २०८२ , Khotang
हलेसीन्युजडेस्क,खोटाङ,
चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलमा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकलाई सहज रूपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यही चैत १९, २० र २१ गतेसम्म शिविर आयोजना गर्न लागिएको हो ।
नेपाल नेत्र ज्योति संघ, खोटाङका सभापति इन्द्र कसजुले हलेसी एफएमलाई जानकारी दिँदै शिविर नेपाल नेत्र ज्योति संघ, खोटाङको आयोजनामा आँखा उपचार केन्द्र दिक्तेल मा सञ्चालन गरिने बताउनुभयो ।
शिविरमा आँखासम्बन्धि विभिन्न समस्या भएका बिरामीहरूको निःशुल्क जाँच गरिनुका साथै आवश्यक परेमा निःशुल्क शल्यक्रिया सेवा समेत उपलब्ध गराइनेछ। विशेषगरी मोतिबिन्दु, दृष्टिदोष तथा आँखाको संक्रमण जस्ता समस्याबाट पीडित बिरामीलाई लक्षित गरिएको आयोजकले जनाएको छ। शल्यक्रिया गरिएका बिरामीलाई आवश्यक औषधि र चस्मा समेत निःशुल्क प्रदान गरिनेछ ।
शिविर प्रत्येक दिन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। सहभागी हुन इच्छुक बिरामीलाई समयमै सम्पर्क गरी सेवा लिन आयोजकले आग्रह गरेका छन्। नाम दर्ताका लागि भने न्यूनतम ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
शिविर सञ्चालनका लागि सगरमाथा चौतारी आँखा अस्पताल लहान तथा आँखा उपचार केन्द्र दिक्तेल ले प्राविधिक सहयोग प्रदान गर्नेछन् भने स्थानीय व्यवस्थापन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सम्हाल्ने जनाएको छ ।
आयोजकका अनुसार यस शिविरले विशेषगरी दुर्गम बस्तीका नागरिकहरुलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । आँखा जस्तो संवेदनशील अंगको समयमै उपचार नहुँदा दीर्घकालीन समस्या निम्तिन सक्ने भएकाले यस्ता शिविरहरू ग्रामिण क्षेत्रमा अत्यन्त उपयोगी मानिन्छन् । यस कार्यक्रममार्फत धेरै बिरामीले समयमै उपचार पाई दृष्टि जोगाउन सक्ने विश्वास गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान