चैत्र १७, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ,
चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र हलेसीमा सञ्चालन गरिएको तीनदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। साथै, यसै कार्यक्रमको निरन्तरतास्वरूप अब दिक्तेलमा पनि यस्तै स्वास्थ्य शिविर सञ्चालनको तयारी भैरहेको जनाइएको छ ।
हलेसीतुवाचुङ नगरपालिका वडा नं. ७ स्थित स्वास्थ्य चौकीमा चैत्र १४ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरले सयौं सर्वसाधारणलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्दै प्रभावकारी रूपमा समापन भएको हो। स्थानीय बासिन्दामा बढ्दो आँखासम्बन्धी समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरप्रति सुरुदेखि नै उत्साहजनक सहभागिता देखिएको थियो ।
शिविरको पहिलो दिन १३५ जनाले नाम दर्ता गराई आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा २३ जनामा शल्यक्रिया आवश्यक देखिएकाले उनीहरूको सफल अप्रेसन गरिएको थियो। साथै ७६ जनालाई आवश्यक औषधि वितरण गरिएको थियो भने ३५ जना जेष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराइएको थियो ।
शिविरको अन्तिम दिन सहभागिता झनै उल्लेखनीय रूपमा बढेको थियो। उक्त दिन मात्रै ४७९ जनाले नाम दर्ता गराई आँखा जाँच गराएका थिए। परीक्षणपछि ८० जनाको सफल शल्यक्रिया गरिएको आयोजकले जनाएको छ। त्यस्तै ३९४ जनालाई औषधि वितरण गरिएको थियो भने १३७ जनाले चस्मा प्राप्त गरेका छन् ।
तीन दिनको अवधिमा सञ्चालन गरिएको यस शिविरबाट कुल सयौं बिरामीले सेवा लिएका छन्, जसमा अधिकांश ग्रामीण भेगका सर्वसाधारण तथा जेष्ठ नागरिक रहेका छन्। दुर्गम क्षेत्रका बासिन्दाका लागि सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध नहुँदा यस्ता निःशुल्क शिविरहरूले ठूलो राहत पु¥याएको सहभागीहरूले बताएका छन् ।
शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल, लहान र आँखा उपचार केन्द्र, दिक्तेलले गरेको थियो भने आयोजक नेपाल नेत्र ज्योति संघ, खोटाङ रहेको थियो । हलेसी तुवाचुङ नगरपालिका ले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेको थियो ।
नेपाल नेत्रज्योति संघ खोटाङका अनुसार हलेसीमा सफलतापूर्वक सम्पन्न भएको आँखा शिविरपछि अब दिक्तेलमा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ। आयोजकका अनुसार दिक्तेलमा चैत्र १९, २० र २१ गते तीन दिनसम्म शिविर सञ्चालन हुनेछ ।
दिक्तेलमा सञ्चालन हुन लागेको शिविरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ले सहजीकरण गर्नेछ। शिविरबाट ठूलो सङ्ख्यामा सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ। विशेषगरी दुर्गम गाउँका नागरिक, आर्थिक रूपमा कमजोर वर्ग तथा जेष्ठ नागरिकलाई लक्षित गरी सेवा प्रदान गरिने जनाइएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा आँखा परीक्षण, आवश्यक औषधि वितरण, चस्मा प्रदान तथा आवश्यक परेमा शल्यक्रिया समेत निःशुल्क रूपमा गरिनेछ। हलेसीमा जस्तै दिक्तेलमा पनि सम्बन्धित निकाय, स्वास्थ्य संस्था र सरोकारवालाको सहकार्यमा शिविर सञ्चालन गरिने तयारी भइरहेको छ । यसले जिल्लामा आँखासम्बन्धी रोगको पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
ज्ञापनपत्र मार्फत समाधानको माग हलेसीन्युजडेस्क, खोटाङ/ चैत्र १७, मंगलवार, खोटाङ...
५७ कैदी लाभान्वित, ३० जनालाई चस्मा वितरण हलेसीन्युजडेस्क, खोटाङ चैत्र...
हलेसीन्युजडेस्क,खोटाङ, चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित...
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान