चैत्र २८, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले जिल्लाका प्राथमिक पूर्वाधार तथा विकास आयोजनाहरु आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटमा समावेश गरिदिन विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टीको खोटाङ जिल्ला समितिले निर्माणाधीन योजनाहरूमा समेत ढिलासुस्ति भईरहेको प्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण पत्र पेश गरेको छ ।

समितिले जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा आवश्यक उपकरण भए उपचारका लागि काठमाडौं र विराटनगर धाउनपर्ने बाध्यताको अन्त्य हुने भन्दै बजेटको रातो किताबमा समावेश गरिदिन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
जिल्लाको प्रमुख समस्याको रुपमा रहेको बाँदर आतंक नियन्त्रणमा जोड दिँदै समितिले वन तथा वातावरण मन्त्रालयलाई पत्र बुझाएको छ । साथै, सडक पुलहरुको स्तरोन्नति, निर्माण र मर्मतसम्भार, स्वास्थ्य चौकीहरूको मर्मतसम्भार तथा पुनर्निर्माण, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनासँग सम्बन्धित विषय, विद्यालय, सिँचाइ, खानेपानी, पर्यटकीय स्थलहरुको संरक्षण, विकास, विस्तार र प्रबद्र्धन लगायतका समग्र समस्याहरु विभागीय मन्त्रालय समक्ष राखेको जनाइएको छ ।
पार्टीका खोटाङ जिल्ला समितिका उपसभापति गोविन्द भुजेल, सचिव तुला खत्री, सदस्य भगवती रोका लगायतको उपस्थितिमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको खोटाङका जिल्ला सभापति मुकुन्द कृष्ण थापाले जानकारी दिनुभयो ।

वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
ज्ञापनपत्र मार्फत समाधानको माग हलेसीन्युजडेस्क, खोटाङ/ चैत्र १७, मंगलवार, खोटाङ...
५७ कैदी लाभान्वित, ३० जनालाई चस्मा वितरण हलेसीन्युजडेस्क, खोटाङ चैत्र...
हलेसीन्युजडेस्क,खोटाङ, चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान