सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २२, २०८०, Khotehang

Image

खोटेहाङ गाउँपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्वुलेन्स सेवा शुरु गर्यो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको खोटेहाङ गाउँपालिकाले पालिकावासीका लागि स्वास्थ्य सेवामा सहयोग पुर्याउन एम्वुलेन्स  खरिद गरी सेवा प्रारम्भ गरेको छ । पालिकाले नेपाल सरकारको राजस्व छुटमा रु. २० लाख १० हजारमा  एम्वुलेन्स खरिद  गरी आजदेखि सेवा प्रारम्भ गरेको हो ।

गाउँपालिका अध्यक्ष उदिमबहादुर रार्ई, उपाध्यक्ष रुपेश राई,  प्रमुख प्रशासकीय  अधिकृत अजम्बर रार्ई तथा वडाका वडाध्यक्षहरुबाट संयुक्त रुपमा एम्वुलेन्स सेवा सञ्चालनका लागि उद्घाटन गर्दै गाउँपालिकाले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिने घोषणा गरिएको छ । कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च गाउँपालिकाले नलिने अध्यक्ष राईले स्पष्ट पार्नुभएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर उदयपुर, भोजपुर या  जिल्ला अस्पताल खोटाङ लैजान परेमा एम्बुलेन्स सेवा निःशुल्क उपलव्ध गराईने अध्यक्ष रार्ईले बताउनु भयो । उहाँले भन्नुभयो–‘आयस्तर कम भएका, सुत्केरी हुन नसकेर उच्च जोखिममा भएकालाई राहतस्वरुप गाउँपालिकाले  एम्बुलेन्स सेवा निःशुल्क गरिएको हो ।’ 

स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी ढङ्गले प्रवाह गर्ने पनि रार्ईले बताउनु भयो ।  जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको आग्रहमा गाउँपालिकाकै एम्बुलेन्सले लिएर जाने  व्यवस्था गरिएको छ ।  एम्बुलेन्स सेवा निःशुल्क गरेपछि  खोटेहाङ गाउँपालिकाका ग्रामिण भेगका गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहज हुने भएको छ । आर्थिक अवस्था कमजोर भएका कतिपय सुत्केरीले जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेका कारण उनीहरुको ज्यान सधैँ खतरामा रहने हुँदा गाउँपालिकाले यसलाई प्राथमिकतामा राखेर एम्बुलेन्स सेवा निःशुल्क गरिएको जनाइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

Horoscopes Icon

All Horoscopes