बैशाख ०६, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको “श्रम साकेला अभियान” अन्तर्गत वडा नम्बर–२ को आयोजनामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको साकेला थान र साकेला पार्क क्षेत्रमा शनिबार वृहत सरसफाई गरिएको छ । हजारौं वर्ष पुरानो सांस्कृतिक सम्पदा तथा धार्मिक पर्यटकीय स्थलको संरक्षण र सौन्दर्यकरणलाई निरन्तरता दिने उद्देश्यले जनश्रमदानमार्फत सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सम्पन्न सरसफाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी र स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो । सामूहिक श्रमदानमार्फत गरिएको सरसफाईले स्थानीयस्तरमा स्वच्छता र वातावरणीय जिम्मेवारीबोध बढाउन सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।
सो अवसरमा अध्यक्ष राईले स्वच्छता केवल सरसफाईको काम मात्र नभई सभ्य समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो । उहाँले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटकीय सम्भावनालाई समेत प्रवद्र्धन गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिने बताउनुभयो ।
“हामीले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी वातावरणीय सन्तुलन, सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेका छौं,” अध्यक्ष राईले भन्नुभयो, “जनश्रमदानको संस्कृतिले गाउँपालिकामा अपनत्व र जिम्मेवारीको भावना बलियो बनाएको छ ।”
अध्यक्ष राईले श्रमदानमा सक्रिय रूपमा सहभागी सबै जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयबासीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर साथ दिन आग्रह गर्नुभयो ।
साकेला गाउँपालिकाले पालिकालाई सफा, स्वच्छ र सुन्दर बनाउने लक्ष्यसहित “पूर्ण सरसफाई अभियान” लाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । यस अन्तर्गत विभिन्न वडामा सरसफाई, फोहर व्यवस्थापन तथा सार्वजनिक स्थलको संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान