जेठ २५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ४१ दिने सुत्केरी आमा तथा नवजात शिसुका लागि स्थानीय आमा समूहले पोषिलो खाध्य सामाग्री सहित भेटघाट गरेको छ । स्थानीय सृष्टिमाता महिला आमा समूहसँग आवद्ध महिलादिदी बहिनीहरुले आज (जेठ २५ गते) बाम्राङ निवासी सुत्केरी सलिना कार्की तथा नवजात शिसुका लागि उनकै घरमा पुगेर पोषिलो खाध्य सामाग्रीका रुपमा अनार, स्याउ, अण्डा, चिसो पेय पदार्थ, गाँजर, आँप, हरियो साग सव्जीहरु, चामल, घ्यू र कुखुराको भाले सहितको पोषणयुक्त खानेकुरा सहित सुत्केरी भेटघाट कार्यक्रमको आयोजना गरी सो अवसरमा सुत्केरी आमा सलिनालाई पौष्टिक खाध्य सामाग्रीहरु प्रदान गरिएको सृष्टिमाता महिला आमा समूहकी अध्यक्ष तथा नगर कार्यपालिका सदस्य मिना कार्कीले हलेसी एफएमलाई बताउनुभयो ।
गर्भवती र सुत्केरी अवस्था महिला तथा शिसुका लागि संवेदनशील अवस्था रहेको र यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्ने हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र स्थानीय आमा समूहद्धारा सुत्केरी आमाहरुलाई पौष्टिक खाध्य सामाग्रीहरुका साथ भेटघाट गर्ने परम्पराको शुरुवात गरिएको छ । यसबाट सुत्केरी आमाहरुलाई हौसला मिल्ने र आमा दिदी बहिनीहरुको भावनामा एकता र सद्भावको आधार पनि मजवुत हुने बताउनुहुन्छ सृष्टिमाता महिला आमा समूहकी अध्यक्ष मिना कार्की ।
उहाँ थप्नुहुन्छ–‘गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहने हुन्छ ।’
समयको परिवर्तनसँगै मानिसमा स्वास्थ्य चेतनाको वृद्धि भएको ठम्याई छ उहाँको । भन्नुहुन्छ–‘आजकाल गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ । यो राम्रो कुरा हो । स्वास्थ्यको नियमित जाँचसँगै महिलाहरुको गर्भवती र सुत्केरी अवस्थामा अरु सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थवर्द्धक खानपनिको जरुरी हुने भएकोले स्थानीय आमा समूहले सुत्केरी भेटघाट कार्यक्रमको शुरुवात गरेको हो । यो नै काफी त होइन, तर यसले सांकेतिक महत्व राख्छ ।’
सुत्केरी महिलाहरुका लागि स्थानीय परम्परा अनुसार विभिन्न पौष्टिक आहाराको बन्दोवस्त गरिन्छ । यध्यपि गेडागुडीको झोल, ज्वानो झानेको कुखुराको सुप, ताजा सागसव्जी र ताजा फलफूलको नियमित सेवनले सुत्केरी तथा नवजात शिसुलाई स्वास्थ्य प्रवद्र्धनमा ठूलो सहयोग पुग्छ । झोलिलो र तागतिलो आहाराले आमाको दुधमा वद्धि हुन्छ । यसबाट बच्चाको शारीरिक वृद्धि विकासमा सहयोग पुग्ने स्वास्थ्य विज्ञहरु बताउछन् ।
वडा नः ३ बाम्राङका स्वस्थ्य कार्यालय प्रमुख विसाल रार्ई सृष्टिमाता महिला आमा समूहको सुुत्केरी भेटघाटमा सहभागी हुँदै यस्तो कार्यक्रमको सह्राहना गर्नुभयो । यसले जनचेतना फैलाउन पनि सहयोग पुग्ने उहाँको धारणा छ । कतिपय समाजमा विभिन्न रुढीवादी सोचहरू रहेको र गर्भवती तथा सुत्केरी अवस्थाका महिलाहरुले यो खानु हुँदैन त्यो खानु हुँदैन भनेर विभिन्न पोषिला खानाबाट वञ्चित गरिन्छ । बच्चालाई चिसो लाग्छ भनेर सुत्केरी आमालाई साग, फर्सीजस्ता पोषिला खाना खान दिइँदैन, जुन गलत रहेको उहाँको कथन छ ।
सुत्केरी भेटघाट कार्यक्रम सृष्टिमाता महिला आमा समूहकी अध्यक्ष मिना कार्कीको अध्यक्षता तथा बाम्राङका पूर्व वडाध्यक्ष ललितकुमार रार्ईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सुत्केरी भेटघाट कार्यक्रममा स्वस्थ्य कार्यालय प्रमुख विसाल रार्ई, वडा सचिव इन्दिरा घिमिरे, स्वास्थ्यका अन्य कर्मचारीहरु, आमा समूहसँग आवद्ध महिला आमा दिदीबहिनीहरु उपस्थित रहनुभएको थियो ।
सृष्टिमाता महिला आमा समूहमा हाल ४१ जना सदस्यहरु रहेको आमा समूहकी अध्यक्ष कार्कीले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !