सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ३१, २०८१, Khotang

Image

शहिद दिलकाजी–इन्दिरा कार्कीको स्मृति दिवसमा विरामीको स्वास्थ्य लाभ गर्दै फलफूल वितरण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा शहिद दिलकाजी कार्की तथा उहाँकी धर्मपत्नि इन्दिरा कार्कीको स्मृतिमा विरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको छ । ठूलकुमार दिलकाजी स्मृति प्रतिष्ठान खोटाङको आयोजनामा शहिद दिलकाजी कार्की दम्पतिको २३ औँ स्मृति दिवस मनाउदै आषाढ ३१ गते जिल्ला अस्पतालमा उपचाररतः विरामीहरुको स्वास्थ्य कामनाका साथ फलफूल वितरण गरिएको हो ।

स्मृति दिवसको अवसरमा शहीद कार्की दम्पत्तिको तस्वीरमा माल्यार्यणसहित श्रद्धाञ्जलि अर्पण गरिएको थियो । शहीद दिलकाजीको दाजु रामकाजी र भतिज ध्रुवकुमार कार्कीको समेत उपस्थितिमा आयोजित २३ औँ स्मृति दिवसमा नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, माओवादी केन्द्रका भातृ सङ्घ/सङ्गठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

माओवादीले जनयुद्ध सञ्चालन गरिरहेको अवस्थामा विसं २०५९ असार ३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीको गोली लागेर कार्की दम्पतीको मृत्यु भएको थियो । घटनाका प्रत्यक्षदर्शी तथा तत्कालीन नेकपा (माओवादी)का नेता कार्यकर्ताका अनुसार दिलकाजीलाई सिम्पानीवजारमा गिरफ्तार गरी टुवाखोलामा लगेर गोलि हानी हत्या गरिएको थियो । दिलकाजीसँगै गिरफ्तारमा पर्नुभएकी उहाँकी श्रीमती इन्दिरा पनि सोही ठाउँमा मारिनुभएको थियो । दिलकाजी कार्कीलाई खोटाङको जनयुद्धको अभिभावक मान्ने गरिएको छ ।

शहीद दिलकाजी र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ गठन गरिएको छ भने खोटाङका ७२ जना जनयुद्धका शहीदको सम्झनामा दिक्तेलस्थित मुडेमा शहीद पार्क निर्माण भैरहेको छ ।

‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान खोटाङले हरेक वर्ष आषाढ ३१ गते शहिद दिलकाजी कार्की र शहिद इन्दिरा कार्कीको सम्झनामा स्मृति दिवस मनाउदै आएको छ । यस वर्ष भने देशभर परिरहेको अविरल वर्षाका कारण शहीद कार्की दम्पत्तिको २३ औँ स्मृति दिवसलाई व्यापक बनाउन नसकिएको  प्रतिष्ठानका महासचिव कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes