सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २४, २०८०, Kepilashgadi

Image

केपिलासगढी गाउँपालिका भयो पूर्णखोप सुनिश्चित पालिका

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको केपिलासगढी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका  १६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको सुनिश्चित भएसँगै मंगलवार औपचारिक कार्यक्रमका वीच केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

केपिलासगढीको बाक्सिलावजार स्थित कभर्डहलमा भएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं पूर्ण खोप समन्वय समितिका संयोजक सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की, पालिका स्वास्थ्य संयोजक शिवकुमार राई लगायतले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर पालिकालाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो ।

हालसम्म साकेला गाउँपालिका, बाराहापोखरी गाउँपालिका, दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका, रावावेशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाहरुले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेकाछन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes