बैशाख ११, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ स्थित मुडे व्यारेकमा सञ्चालन गरिएको सि.सं. १० सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन कार्यक्रम आज सम्पन्न भएको छ ।
.jpg)

.jpg)
श्री नम्बर १८ वाहिनीपति सहायक रथी श्री विमल कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा तालिममा सहभागी ९४ जना शिक्षार्थीहरूले अनुशासित रूपमा अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।
तालिम सफलतापूर्वक पूरा गरेका उनीहरूलाई सिपाही दर्जामा नियुक्त गरिएको छ । कार्यक्रमका क्रममा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल सैन्य ढकेन्द्र राज बुर्जा मगरलाई प्रमुख अतिथि बस्नेतबाट पुरस्कारस्वरूप खुकुरी प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहायक रथी बस्नेतले नवनियुक्त सिपाहीहरूलाई बधाई दिँदै मातृभूमि र जनताको सेवामा समर्पित रहन आग्रह गर्नुभयो । उहाँले सैनिक आचरण, चेन अफ कमाण्ड र अनुशासनको दायराभित्र रही आफ्नो जिम्मेवारीप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहने विश्वास व्यक्त गर्नुभयो ।
यससँगै मुडे व्यारेकमा सञ्चालित सि.सं. १० सैन्य आधार तालिम औपचारिक रूपमा सम्पन्न भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थललाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त...
हलेसीन्युजडेस्क, खोटाङ साउन २०, बुधवार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट...
व्यक्ति/व्यक्तित्व गजेन्द्र दाहाल ‘निर्मोही’ नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा...
तीर्थराज भट्टराई खेलमैदानमा भकुण्डो गुडिरहँदा करोडौँ मानिसको आशा, विश्वास, प्रेम,...
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान