सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

असाड २९, २०८०, Nepal

Image

आज २१० औं भानु जयन्ती मनाइदै


हलेसीन्युजडेस्क, खोटाङ, /

आदिकवि भानुभक्त आचार्यको आज २१० औँ जन्म जयन्ति विशेष कार्यक्रम सहित मनाइदैछ । भाषाको माध्यमबाट राष्ट्रिय एकताको सुत्रमा आम नेपालीहरुलाई बाँधेर राष्ट्रियतालाई मजवुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विक्रम सम्वत् १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उहाँका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराउनुभयो । सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ”, भनी अर्ती उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषालाई नेपाली जनताको घर घर कोठा चोटा पुर्यादिनुभयो । उहाँद्धारा नेपाली भाषामा अनुदित  रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । ‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

यध्यपि भानुभक्त आचार्यलाई नेपाली साहित्यमा चिनाउने काम भने मोतिराम भट्टले गराउनुभयो । उहाँका पाण्डुलिपिहरूलाई सङ्ग्रहित गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि भानुभक्त आचार्य नेपाली साहित्यमा चिनिनुभएको हो ।

आदिकवि भानुभक्तको मृत्यु वि सं. १९२५ असोज  ६ गतेका दिन सेतीघाट, तनहुँमा भयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes