सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ३०, २०८०, Khotang

Image

खोटाङमा अशोज ३ गते संविधान वाचन गर्दै संविधान दिवस मनाइने


हलेसीन्युजडेस्क, खोटाङ /

जिल्ला समन्वय समिति खोटाङको आयोजनामा अशोज ३ गते संविधान दिवस मनाउने निर्णय भएको छ । समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा खोटाङका कृयाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको उपस्थितिमा आज बैठक बसी अशोज ३ गते विविध कार्यक्रम गरी आठौँ संविधान दिवस मनाउने निर्णय भएको हो ।

बैठकले अशोज ३ गते संविधान दिवसको अवसरमा विहान ८ वजे जिल्ला अस्पताल खोटाङको परिसर सरसफाइ गर्ने, दिउसो १.३० वजे रत्नपार्कस्थित किराँतचोकमा राजनैतिक दल, नागरिक समाज, शैक्षिक सस्था लगायतले संविधान वाचन कार्यक्रम गर्ने र साँझमा राजनैतिक दलका कार्यालय, सरकारी कार्यालय तथा नागरिकहरुको घरघरमा दीप प्रज्वलन गर्ने निर्णय भएको समन्वय प्रमुख सनबहादुर राईले बताउनुभयो ।

आजकै सर्वदलीय बैठकले जयरामघाट–हलेसी सडक खण्डमा सवारी साधानहरु आवात जावतमा धेरै अवरोध रहेकोले यातायातलाई सहज बनाउन जिल्ला प्रशासन मार्फत तत्काल पहल गर्ने, जिल्लाका विकास निर्माणसँग अत्यन्त महत्व राख्ने सडक, खानेपानी, विध्युत लगायतका सरकारी कार्यालय र आयोजनाका आ.व. २०८०/८१ का वार्षिक कार्यक्रमको सरोकारवालाहरुसँग अशोज महिनाभित्र सार्वजनिकीकरण गर्ने, मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवा–सेखुवा सडक खण्ड, मौरे–फोक्सिङटार र अस्पतालचोक–खानीडाँडा–आहाले खण्डका सडकहरु संवेदनशील आयोजनाका रुपमा देखिएकोले प्रशासनिक र कानूनी सहयोग लिई छिटो भन्दा छिटो सम्पन्न गर्न पहल गर्ने निर्णय भएको जनाइएको छ ।

राजनैतिक दलहरुका तर्फबाट बैठकमा नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा एमाले खोटाङका सचिवालय सदस्य चर्चबहादुर विक, नेकपा माओवादी खोटाङका सचिव जीवन राई (संगिन), राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राई(जीवन), जसपा खोटाङका अध्यक्ष पूर्णराज राई (पिके), नेकपा एकिकृत समाजवादी खोटाङका अध्यक्ष जलसेर राई र जसपा खोटाङका सचिव सुनिल चाम्लिङ उपस्थित रहनुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes