बैशाख २३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड भवनको शिलन्यास गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिवार त्रिधार्मिकस्थल हलेसीमा भक्तालुहरुका सहजताका लागि भनेर हवन कुण्ड भवन निर्माणको शिलन्यास गर्नुभएको नगरप्रमुख विमला राईले जानकारी गराउनुभयो ।
p
चालु आर्थिक वर्षमा यस हवनकुण्डका लागि प्रदेश सरकारबाट विनियोजित रकम रु १ करोड ४४ लाख ८४ हजार ४९० (भ्याट सहित) रकमबाट निर्माण हुन लागेको हो । गत बैशाख ४ गते सम्झौता भएको र आगामी आषाढ १६ भित्र हवन कुण्ड निर्माण भैसक्ने मेयर राईको भनाई छ ।
विश्वका विभिन्न स्थानबाट त्रिधार्मिक हलेसीधाममा आउने धार्मिक पर्यटकहरुलाई धार्मिक दर्शनका लागि सहज गराउन नगरपालिकाका तर्फबाट हर प्रयत्न भैरहेको उहाँ बताउनुहुन्छ । व्यवस्थित धर्मशालाको निर्माण भैसकेको र अब प्रयोगमा ल्याउन खोजिएको मेयर राईको भनाइ छ ।
मुख्यमन्त्रि कार्कीले शिलन्यास कार्यक्रममा त्रिधार्र्मिकस्थल हलेसी, त्रिवेणी धाम चतरा तथा पाथिभरालाई जोडेर विश्व समुदायलाई नै आकर्षण गर्ने धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।
हिन्दु धार्मिक विधि अनुसार मुख्यमन्त्री कार्कीद्धारा शिलन्यास गरिएको कार्यक्रममा प्रदेश सभा (क) का प्रदेश सांसद पाँचकर्ण राई, नगरउपप्रमुख रमेश राउत, स्थानीय जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !