सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १, २०८१, Khotang

Image

प्रविधि र उपकरणको पुजा गर्दै विश्वकर्मा बाबाको आराधना

 

हलेसीन्युजडेस्क, खोटाङ /

प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको स्टुडियोमा विश्वकर्मा बाबाको आराधना पुजा गरिएको छ । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा आराधना गरी सामुदायिक रेडियो हलेसी एफएम परिवारले एफएमको स्टुडियोमा रहेको उपकरणहरुको वास्तु तथा विश्वकर्मा पूजा गरिएको हलेसी एफएमका स्टेशन म्यानेजर सुनिल श्रेष्ठले बताउनुभयो ।

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ ।  यो उत्पादन–वृद्धि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कल्प दिवस पनि हो । आज जसले जे प्रविधि, मेशिनरी या उपकरण, सवारी साधन अथवा कलकारखानाको प्रयोग गर्ने गरेको छ, तिनीहरुको आध्यात्मिक भावनाले पूजा गरी विश्वकर्माबाबालाई प्रशन्न गराउँदा समृद्धि, प्रगति र सन्तुष्टि प्राप्त हुने विश्वास गरिन्छ ।

आजको दिन कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ ।

बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । 
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

हलेसीन्युजडेस्क, खोटाङ / प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जिल्लास्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

Horoscopes Icon

All Horoscopes