आश्विन १५, २०८१ , Khotang
हलेसीन्यजडेस्क, खोटाङ /
खोटाङमा ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यताका साथ मनार्ईएको छ । जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष धनपति आचार्यको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा ‘सम्मानित बुढ्यौली, विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतिको सबलिकरण’ भन्ने मूलनारासहित जेष्ठ नागरिक जिल्ला संघ र वृद्ध नागरिक नगर समाजको संयुक्त आयोजनामा आज अशोज १५ गते ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस सदरमुकाम दिक्तेलबजारस्थित समिक्षालय हलमा भव्यताका साथ मनार्ईएको हो ।
कार्यक्रमका केही झलकहरु



जेष्ठ नागरिक संघ खोटाङका कोषाध्यक्ष उद्धव आचायले हलेसी एफ एमलार्ई जानकारी दिनुभए अनुसार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा जिल्लाका ४ जना जेष्ठ नागरिकहरुलार्ई सम्मान पनि गरिएको छ । उक्त अवसरमा दिक्तेल रुपाकोट मझुवागढी डा नं.१ हाटडाँडा निवासी ८८ बर्षीय जेष्ठ नागरिक मान बहादुर बस्नेत, वडा नं. ७ दोर्पा निवासी ८९ बर्षीया पद्मकुमारी भट्टरार्ई, वडा नं.१ दिक्तेल आचार्यगाउँ निवासी ९२ बर्षीया वेदमाया आचार्य र वडा नं. ५ लफ्याङ कटवालगाउँ निवासी ८८ बर्षीय जेष्ठ नागरिक भीमबहादुर कटवाललार्ई जनही रु.एक÷एक हजारका साथमा खादामाला लगाएर सम्मान गरिएको छ ।
जेष्ठ नागरिक दिवस कार्यक्रममा फूलवारी टोल आचार्य गाउँका समुहले संिगनी नाँच समेत प्रस्तुत गर्नु भएको थियो भने हर्कपुर सेवासमाजले वालन प्रस्तुत गर्नु भएको थियो । संगिनी, बालनमा जम्मा ८ टिम सहभागी भएका थिए । सहभागी ८ टिमलार्ई रु.२÷२ हजार प्रोत्साहन रकम प्रदान गरिएको थियो भने बाध्यबादनका कलाकारहरुलार्ई रु. ४ हजार प्रोत्साहन रकम प्रदान गरिएको जेष्ठ नागरिक जिल्ला संघका कोषाध्यक्ष आचार्यले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईले देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घरघरमा ज्येष्ठ नागरिक मात्र रहने अवस्था तीतो यथार्थ भएकोले अब ज्येष्ठ नागरिकहरूको सुरक्षित जीवन, हकअधिकारको संरक्षण, उहाँहरुको हित र कल्याणको लागि राज्य स्तरबाट नै सोच्ने बेला भइसकेको बताउनु भएको छ ।
यस्तै जेष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन हुने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आफ्नो मन्तव्यका क्रममा बताउनुभयो । उहाँले अगाडि थप्नुभयो—‘वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टै बस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरु समेत एक्लो हुन थालेका छन् । त्यही भएर जेष्ठ नागरिकहरु आफैं पनि संगठित भई केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरु निर्माण गरी हक अधिकारका आवाजहरु उठाउन जरुरी रहेकोे छ ।’
कार्यक्रममा जेष्ठ नागरिक संघका पूर्वअध्यक्ष कमल आचार्य, समाजसेवी ललित श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अन्य अतिथिहरु जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, बरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखा प्रतिनिधि निर्मला आचार्य, वृद्ध नागरिक नगर समाज दिक्तेलका सचिव कृष्ण बहादुर बस्नेत, जेष्ठ नागरिक खड्ग बहादुर बस्नेत लगायत स्थानीय जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
वृद्ध नागरिक नगर समाजका सचिव कृष्ण प्रसाद जोशीद्धारा सञ्चालन गरिएको कार्यक्रममा सम्पूर्ण अतिथिहरुलाई मूल समारोह समितिका अध्यक्ष एवं जेष्ठ नागरिक जिल्ला संघ खोटाङका कोषाध्यक्ष उद्धव आचार्यले कार्यक्रमको शुरुमै स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान