बैशाख २१, २०८३ , Koshi Province
हलेसीन्युजडेस्क, खोटाङ ।
बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगितामा विराटनगरका कवि विशालकुमार साह प्रथम भएका छन् । ‘मौनको एल्गोरिदम’ शीर्षकको कविता वाचन गर्दै उनले प्रथम घोषित हुँदै नगद रु.५१ हजार ५४७ सहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।
श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी–२० तरहराको २०५० सालको एसएलसी समूहद्वारा बैशाख २० गते आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० रचनालाई अन्तिम चरणका लागि छनोट गरिएको थियो ।
प्रतियोगितामा मकवानपुरका सुवास सजल ‘चिडियाखाना’ शीर्षकको कवितासहित द्वितीय भए । उनले ४१ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै इलामका ऋजन मायालु ‘म बारुद भएको छु’ कवितासहित तृतीय हुँदै ३१ हजार ५५५ रुपैयाँ नगद जित्न सफल भए ।
अन्तिम चरणमा पुगेका अन्य प्रतिस्पर्धीहरू अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी)—लाई जनही ५ हजार ५५५ रुपैयाँ ‘सिर्जनशील पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका संयोजकका अनुसार कार्यक्रम स्वर्गीय नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि सञ्चालन हुँदै आएको हो । कार्यक्रममा वरिष्ठ कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो ।
सोही अवसरमा महेशबाबु तिम्सिनाद्वारा लिखित कवितासंग्रह ‘अक्षरहरूको क्यानभास’ को विमोचनसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल तथा भारतका स्थापित कविहरूले समेत आफ्ना रचना वाचन गरेका थिए, जसले प्रतियोगितालाई थप साहित्यिक उचाइ दिएको आयोजकको भनाइ छ ।
कवि मनु मञ्जिलका अनुसार देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषिता वशिष्ठ र हेमन यात्री रहेका थिए ।
आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार आफ्ना दिवङ्गत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार सोही कार्यक्रमको अवसरमा कविहरू राजा पुनियानी, देवान किराती, भूषिता वशिष्ठ, हेमन यात्री, चन्द्र गुरुङ, टीका आत्रेय र धीरज राईले कविता वाचन गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं अग्रज साहित्यकार विवश पोखरेल, कवि मनु मञ्जिल, साहित्यकार भीमप्रसाद खतिवडा, बद्रीविशाल पोखरेल, गोकुल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान