सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

दिपेन्द्र खनाल

फाल्गुन २९, २०७९, Diktelrupakotmajhuwagadi

Image

दिक्तेलमै मृगौला परिक्षण तथा डायलाइसिस सेवा केन्द्र स्थापनाका लागि त्रिपक्षीय सम्झौता

 

हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका नागरिकहरु मृगौला रोगबाट गम्भिर रुपमा पिडित भै अन्यत्र गएर डायलाइसिस गराउनु पर्ने समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङबाट नै नियमित मृगौला परिक्षण तथा डायलाईसिस गर्नु पर्ने विरामीका लागि सो सेवा उपलव्ध गराउन त्रिपक्षीय सम्झौता भएको छ । नेपाल सरकारबाट हाल निःशुल्क डायलाईसिस सेवा उपलव्ध भए पनि शहर गएर मात्र सो सुविधा पाउन सकिने भएकोले समयमा डायलाईसिस उपचारबाट वञ्चित विरामीहरुको ज्यान गैरहेको कारण दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, जिल्ला अस्पताल खोटाङ र राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली काठमाण्डौवीच आज आआफ्नो क्षेत्रबाट यथासम्भव चाँडो जिल्ला अस्पताल दिक्तेलमा मृगौला सम्बन्धि समस्याको पहिचान, रोकथाम र नियमित उपचार डायलाइसिस सेवा केन्द्र स्थापना गर्ने त्रिपक्षीय सम्झौता भएको हो ।
नेपालमा खानपिनमा असावधानी लगायत अन्य विभिन्न कारणले २४ देखि ३० लाख व्यक्तिहरु कुनै न कुनै रुपमा मृगौला सम्बन्धि समस्याबाट पिडित रहेको पाइन्छ । जसमध्ये तीनलाख व्यक्तिहरुको मृगौला विग्रिरहेको हुन्छ । यसरी प्रत्येक वर्ष मृगौला रोगको अन्तिम अवस्थामा पुगेका तीनहजार विरामीहरु डायलाइसिस पाए मात्र बाँच्ने सम्भावना रहेको हुन्छ । यस्तो अवस्थामा खोटाङ जस्तो दुर्गम मानिने जिल्लाका मृगौला पिडितका लागि जिल्लामै यो सेवा उपलव्ध गराउन सके यहाँबाट शहर जानु पर्ने वाध्यता हट्ने सोँचबाट नगरपालिकाको अगुवाइमा यो कदम चालिएको नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलाई बताउनुभयो ।
सम्झौतापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सबै वडामा घरदैलो सेवागरी मृगौला परिक्षण कार्यक्रम गर्ने, डायलाइसिस मेसिन तथा आवश्यक उपकरण ल्याउन सहजिकरण गर्ने, डायलाइसिस सेवा सुदृढिकरण गराई आवश्यक सल्लाह सुझाव तथा मार्ग निर्देशन दिने,  विपन्न वर्गका विरामीलाई सेवा दिन सहजिकरण गर्ने उल्लेख छ ।
त्यस्तै जिल्ला अस्पताल खोटाङको तर्फबाट डायलाइसिस सेवा सञ्चालनमा ल्याउने, आवश्यक जनशक्ति डाक्टर, नर्श, प्राविधिक, सहयोगी व्यवस्थापन गर्ने, नियमित सेवा सञ्चालनका लागि अस्पताल भवनको आवश्यक कोठाहरु उपलव्ध गराउने, डायलाइसिस सेवाका लागि आवश्यक शुद्ध पानी Treatment Plant3 Phase विजुलीको व्यवस्थापन गर्ने, वडाबाट सिफारिस भएका विरामीहरुको परिक्षण गर्ने बुँदा लेखिएको छ ।
तेश्रो पक्ष मृगौला बचाऔ अभियान/राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीका तर्फबाट प्राविधिक टिमलाई तालिमको व्यवस्था गर्ने, समय समयमा अनुगमन तथा सल्लाह सुझाव प्रदान गर्ने, मृगौला रोग बिषेशज्ञबाट उपचार सल्लाह परामर्श तथा आवश्यक पर्ने TELE Nephology बाट सेवा दिने, खोटाङबाट पठाइएका डायलाइसिस गर्नुपर्ने विरामीलाई काठमाण्डौमा रहेर उपचार गर्नु परेमा आवश्यकता अनुसार पहिलो प्राथमिकतामा राखी सेवा प्रदान गर्ने, अन्य  प्राबिधिक सहयोग सल्लाह प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई जिल्ला अस्पाताल खोटाङका मेडिकल सुपरिटेन्डेन्ट दिपेश परियार र राष्ट्रिय मृगौला उपचार केन्द्रका तर्फबाट बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा ऋषिकुमार काफ्लेले सम्झौता पत्रमा आज संयुक्त  हस्ताक्षर गर्नुभएको छ ।

 

यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक...

हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...

—सोनाम सज्जन किराती...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...

हलेसीन्युजडेस्क, खोटाङ/ ‘यो रेडियो नेपाल हो । अब...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

Horoscopes Icon

All Horoscopes