बैशाख १३, २०८० , HalesiTuwachung
--------सोनाम सज्जन किराँती
दमन विभेद उत्पिडन
यी तिनै अस्त्र मिलेर
खुवालुङ फुटाउन खोजियो
यिनै नासो हुर्किएर
सभ्यता मेटाउन खोजियो
र आज खोजिदै छ
अस्तित्व रेट्न
के हामी बिगतमा रेटिएका थिएनौं र
सत्ताबाट मेटिएका हैनौ र
प्रश्नहरु प्रश्न गर्न हतारमा छन
हामीले उत्तर कहिल्यै दिन सकेनौं
तर आज ईतिहाँसको यो
निर्मम घडिमा उभिएर
आफैंले आँफैलाई
राम्रो संग ब्यूँझाएर
सचेतपुर्वक
हाम्रो ईतिहाँसको समिक्षा गरिरहेछौं
र बोलिरहेछौ
आफ्ना रेटाई बिरुद्ध
मेटाई बिरुद्ध
हामीले आफुलाई
कहिल्यै बेईमानको सिंहासनमा उक्लेर
ईमान बेच्न तयार भएनौ
हामीले आफूलाई केन्द्रित गरेर
अरुको ध्वंस चाहेनौ
हाम्रा सोझा पाईलाहरु
बलजफ्ती हिडाएर
बादशाहको झिरमा फतफताईरहे
हाम्रा भाषाहरुमा
प्रतिबन्धको सियो लिएर
कानुनले सिलाईरह्यो
र पनि हामी थुनिएको आवाजलाई
पहिचान हो भनेर नतमस्तक बोलेनौ
चुपचाप सहिदियौँ
गुपचुप उनकै भाषामा अल्मलिरह्यौँ
र बोल्यौँ अतिवादको सिकार
पटक्कै बन्न हुदैन भनेर
फिटिक्कै जातीवाद ल्याउनु हुदैन
तर ऊ भने
शिक्षामा त्यहीँ भाषा ल्याउछ
अर्थमन्त्रालयको बजेट
उहीँ भाषाका निम्ति मात्र खन्याउँछ
र कर बराबर तिर्न सिकाउछ
के यो बर्बरता होईन
के यो विभेद होईन
के यो दमन होईन
के यो उत्पिडनको महासागर थिएन
हामीले जति पसिना बगायौ
यो साझा राज्य उभ्याउन गलत थियोे त
अधिकार साझा बनाउन बोल्न उचित थिएन र
हकमा समानता हुनपर्छ भन्नु न्याय होईन र
यतिकै लागि उभिएका हौं र
यसो भन्दै गर्दा हामी माथि गोली चलाईन्छ
हामी माथि बम पड्काईन्छ
र सिंहासनमा लुकेर
हामी माथि अनेक षड्यन्त्रको
जाल फिजाईन्छ
होसियार पहिचानका नाईकेहरु
यहीँ मुद्दा बोकाएर
तिमी पनि सिंहासनको दरबार नउक्ल
किनभने तिमी चढेको सिंहासनले
अब सच्चाई चिन्दैन
भत्काउछ निरन्तर
र तिमी पुगेपछि तिमीलाई खरानी बनाउन
दागबत्तीको अगुल्टो झोसी दिनेछ
र उ काष्य यानेकी कोसीमा पाप पखालेर
हाम्रो काँचो मातृभाषाहरुलाई
पुरातन एसिडले गलाउने छ
सडाएर अस्तित्वहिन बनाउने छ
त्यसकारण आन्दोलन स्थगित होईन
सशक्त बनाएर जाऊ
जतिसुकै मर्न किन नपरोस
मार्न किन नपरोस अन्तिम सम्म नझुक ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !