सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १, २०८०, Khotang

Image

आज विभिन्न कार्यक्रम गरी दिदीवहिनीहरुले हर्सोल्लासका साथ तीजपर्व मनाए

 

हलेसीन्युजडेस्क, खोटाङ

आज हरितालिका तिज । नेपाली दिदीबहिनीहरुको महान पर्व । देश तथा विदेशमा नेपाली दिदीबहिनीहरुले हर्षोल्लासका साथ दिनैभरि तिज पर्व मनाएकाछन् । खोटाङ जिल्लाको विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी तिज विशेष कार्यक्रम गरिएको समाचार प्राप्त भएकाछन् । खोटाङको वुइपास्थित पञ्चरदोवाटो टोल विकास समितिले वुइपामा लोकदोहारी प्रतियोगिताका साथ तिज विशेष कार्यक्रम मनाएको छ ।

 

दिक्तेलवजार, दोर्पा, हौचुर, रतन्छा, सप्तेश्वर छितापोखरीको पञ्चमीवजार, छितापोखरी वजार लगायत विभिन्न स्थानमा भव्यताकासाथ दिदीवहिनीहरुले तिजपर्व मनाएको समाचार प्राप्त भएको छ ।

प्रत्येक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हिन्दू नारीहरूले शिवपार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको तिजले आधुनिकतामा प्रवेश गर्दा अन्य समुदायमा समेत बिस्तारै प्रभाव पर्न थालेको देखिन्छ । केहीवर्ष अघिसम्म आर्यन र हिन्दू महिलाले मात्रै मनाउने तिज हिजोआज नेवार, गुरुङ, राई, लिम्बू लगायतका महिलाले पनि मनाउन थालेका छन् । असार–साउनको खेती लगाइसकेपछि विवाह भएर पराई घर गएका छोरीचेलीको थकान मेटाउन माइत जाने, मीठो मसिनो खाएर रमाइलो गर्ने अनि व्रत बस्ने परम्परा पनि बदलिन थालेको छ । 

तिज नारीहरूले सौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने चाडका रूपमा पनि प्रचलित छ । यो पर्वमा विवाहित हिन्दू महिलाहरू पतिको दीर्घायू, घरपरिवारमा सुख समृद्धि एवं सफल दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्छन् भने अविवाहिहरू असल जीवनसाथीका लागि व्रत बसेको पाइन्छ । 

हरितालिका तिजका रूपमा चर्चित यो पर्वमा अघिल्लो रात दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने चलन छ । तिजमा दरको रूपमा खिर, पुलाउ, माछा मासु, सेलरोटीलगायत मीठामीठा परिकार बनाएर खाने चलन छ । 

व्रतको दिन महिलाहरू भेला भएर शिवालय, चोक, गल्ली आदि स्थानमा स्वतन्त्रता, न्याय र समानताका गीत गाउँदै नृत्य गर्ने गर्छन् । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी तनावको बोझले थिचेका बेला केही समय त्यसबाट मुक्ति दिलाउने पर्वको रूपमा पनि तिज मनाउने गरिएको बताइन्छ । 

आजै नेपालीहरुले आफ्नो कलकारखाना, उध्योग लगायत विभिन्न सवारी साधान र मेशिन उपकरणहरुको पुजा अर्चना गर्दै विश्वकर्मापुजा गरेकाछन् । आज विश्वकमा्र पुजा गरेपछि मेशिन, उपकरण र औजारहरु सुरक्षित रहने, अनपेक्षित दुर्घटना टर्ने र दैवी प्रकोपबाट मेशिनहरु सुरक्षित रहने विश्वास गरिन्छ ।

आजै दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं.४ वतासेस्थित पाहारपानीमा विश्वकर्मा मन्दिरको उद्घाटन गरिएको छ ।

सामुदायिक रेडियो हलेसी एफएमले पनि विश्वकर्मापुजाको अवसरमा  प्रशारण भवन तथा ट्रन्समिटरभवन मुढेमा रहेको विभिन्न  विध्युतीय उपकरणहरुको पुजा गरेको निमित्त स्टेशन म्यानेजर सुनिल श्रेष्ठले बताउनुभयो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes