जेठ १२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङकोे दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकास्थित माटिकोरे कभर्ड हलमा ५ दिने योग विज्ञान शिविर शुरु भएको छ । अस्वस्थकर खानपान (मध्यपान, धुम्रपान लगायत अन्य कुलतका कारण), निष्कृय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घरोग र नसर्ने रोगको सामना गरिरहनु परेको वर्तमान अवस्थामा स्वस्थ्य जीवनशैलीका लागि योगकक्षा मार्फत प्रवर्द्धनात्मक, निरोगात्मक, सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नेे उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा जेष्ठ १२ गतेबाट पाँच दिने योग विज्ञान शिविर शुरु भएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले हलेसी एफएमलार्ई जानकारी दिनुभयो ।
नगरप्रमुख भट्टराईका अनुसार जीवनशैलीका कारण सिर्जना हुने मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता रोग निवारणका लागि यो शिविरले ठूलो सहयोग गर्नेछ । शनिवारदेखि शुरु भएको योग कक्षामा शुरुको दिन बिहान ८४ जना सहभागी हुनु भएको थियो ।
योग शिविर अन्तर्गत प्रत्येक दिन विहान ५ बजे देखि ७ बजे सम्म जिल्लाको माटिकोरे खेलमैदानको कभर्ड हलमा योग कक्षा सञ्चालन हुनेछ । योसँगै दिउसो २ः३० देखि ४ बजेसम्म दिक्तेलबजारस्थित अम्बागाछीको गुठी भवनमा र बेलुकी ५ बजेदेखि ७ बजेसम्म रणभीम गण मुढेब्यारेकमा पनि कक्षा सञ्चालन हुने बताइन्छ ।
नगर प्रमुख भट्टराई भन्नुहुन्छ–‘योग शिक्षाका वारेमा विभिन्न बिध्यालयहरुमा गएर बिध्यार्थीहरुवीच पनि छलफल/अन्तरक्रिय कार्यक्रम सञ्चालन गरिने र सबैलार्ई योग कक्षामा सहभागी हुन उत्प्रेरित गराउने नगरपालिकाको सोच रहेको छ ।’
आजदेखि शुरु भएको योग शिविरमा पतञ्जली योग समिति कोशी प्रदेशका संयोजक योगगुरु मिष्टर प्रसाद चौधरीले योगा बिषयमा प्रशिक्षण दिनु हुनेछ भने पतञ्जली योग समिति खोटाङले प्राविधिक सहयोग गरेको छ । पतञ्जली योग समिति कोशी प्रदेशका संयोजक योग गुरु मिष्टर प्रसाद चौधरीले योगा प्रशिक्षणलाई दुरदराजसम्म पु-याउन आवस्यक रहेको बताउनु भयो ।
योग शिविरमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली शेना लागायत अन्य सुरक्षा निकायका पदाधिकारीदेखि सर्वसाधारण समेतको सहभागिता रहेको जनाइन्छ ।
योग शिविरका केही झलकहरु
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !