सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

मंसिर २, २०८०, विराटनगरबाट

Image

उर्लाबारी आगलागीका घाइतेको निःशुल्क उपचार गराउन प्रदेश सरकारको पहल

बिरामी भेट्न अस्पताल पुगे मुख्यमन्त्री कार्की
 

हलेसीन्युजडेस्क, खोटाङ /

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । मुख्यमन्त्री कार्की शनिबार अस्पताल पुग्नुभएको हो । 

आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकारले ब्यहोर्ने जानकारी दिनुभयो । भेटकै क्रममा कार्कीले भन्नुभयो–“कीर्तिपुर लगिएका घाइतेको उपचारको सबै प्रबन्ध संघीय सरकारबाट गरिने भएको छ । यसबारे म आफैले संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरें । उहाँले सरकारले गर्ने भन्ने प्रतिवद्धता जनाउनु भयो ।”

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ । ती सबै झापाको बिएन्डसी अस्पतालबाट रेफर गरिएका घाइते हुन । मुख्यमन्त्री कार्कीका अनुसार तीन जनाको शल्यक्रिया भएको र अरुको थप उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो —“अमेरिकाबाट केही चिकित्सक उपचारको लागि आउँदै हुनुहुन्छ ।”  आगलागीमा घाइते २५ जनालाई कोसी प्रदेश सरकारको समन्वयमा विराटनगर र झापाबाट सेनाको विमानमा राखेर लगिएको थियो । 

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारलाई शुन्दर र व्यवस्थित बनाउने क्रममा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको ...

हलेसीन्यजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा नवौँ उध्योग दिवस मनाइएको छ ।...

हलेसीन्युजडेस्क, खोटाङ / आज विहान पनि काठमाण्डौँवासीले कडा भूकम्पको धक्का महसुस...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको बाराहापोखरी गाउँपालिकामा भव्य सास्कृतिक महोत्सव सम्पन्न भएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर...

Horoscopes Icon

All Horoscopes