सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

जेठ २२, २०८१, खोटाङ

Image

‘माली’

     


  •  शेरबहादुर बस्नेत


बन्नु छैन, घाम चर्किदा नै प्याट्ट फुट्ने घामकिरी 
बन्नु छ, पासाङ, तेन्जिङ  अनि राती बल्ने जुनकिरी ।
गर्नु छैन, धूमिल यात्रा जहाँ हराएको गन्तव्यमा
गर्नु छ, सधैं साहसिक यात्रा, पुग्नु छ चुचुरोमा ।

मेरो देश,
प्रतिभा हैन प्रतिमालाई राखिन्छ,
भगवान हैन मूर्तिलाई पुजिन्छ,
विवेक हैन बललाई मानिन्छ
कलम हैन तरवार ठूलो ठानिन्छ ।

शायद,
त्यही भएर एउटा कर्मशील युवा 
आफ्नो माटोमा कर्मको कोदालोले खन्नुको सट्टा
विदेशिन्छ, सपना र रहरको पोको बोकेर
टुङ्गो छैन, घर फर्किने वा नफर्किने हो,
तर.. विवश छ ऊ पर्देशी हुन ।
देश विकासमा लाग्न आखिर कसले रोक्यो ?

शहर-घरहरूको आधुनिक जङ्गल बनेको छ ।
डल्ले, रामे, भुन्टे र फूलमायाहरु जम्मै बिदेश गए 
बुढा भएका बा’ आमा मर्दा गाउँमा मलामी रित्तिए,
शहर मान्छे भएर पनि निर्जन जस्तो लाग्छ,
मन नभएकाहरुको शहर, रहर खोसिने शहर ।
कतिन्जेल धानिन्छ, रेमिट्यान्सले देश ?

अक्सर...
न मलाई थाहा छ,
न त मेरो देशको शासकलाई नै थाहा छ ।
शुन्दर गाउँमा बस्न कसले रोक्यो ?

शहर पस्ने मान्छेको रहर पनि 
अचम्मको छ,
अभाव, कोलाहल, लुछाचुडी, तस्करी 
अहँ म त अरु देख्दिन,
किन मौसमी चराले बचेराहरु सारे झैँ
मान्छेहरु गाउँ छाडेर हिडेका ?
देशको सेवामा जुट्न आखिर रोक्यो कसले ?

बाँच्नु छैन, जहाँ बाचेर पनि मरेतुल्य भेषमा
बाँच्नु छ, आफू मरेर पनि बाँचिरहने देशमा 
सिर्जनामा नै लाग्नु पर्छ सधै, आवोस चाहे गाली
यो देशको कर्मठ योद्धा सधै हुनुपर्छ माली ।

(२१ जेठ २०८१—रावाबेसि गाउपालिका-४, देउराली, डुम्रे धारापानी, खोटाङ)

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes