श्रावण १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
फितलो व्यवस्थापन, पुरानै विधीको शिक्षण सिकाइ र कमजोर पठन पाठन सामुदायिक विद्यालयमाथि लाग्ने आरोप हुन् । केहीको हकमा साँचो भए पनि अधिकांशको हकमा त्यो मिथ्या आरोप सावित हुने देखिन्छ ।
खोटाङको साकेला गाउँपालिकामा पछिल्लो समय प्रविधिमैत्री, व्यवहारिक र नैतिक शिक्षण सिकाई गर्न सामुदायिक विद्यालयहरुलाई निर्देशन दिईएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईले हरेक विद्यालयमा शिशु कक्षादेखि नै प्रविधिमा आधारित व्यवहारिक र नैतिक शिक्षा पठन पाठन गर्न जोड दिँदै आउनुभएको छ ।
शिक्षा समृद्धिको आधार भएको हुँदा सानै कक्षादेखि विद्यार्थीलाई नैतिकवान, अशल व्यवहार र परिवर्तित प्रविधियुक्त समाजबारे शिक्षा प्रदान गर्न सकियो भने खस्कँदो शैक्षिक अवस्थामा समेत सुधार आउने अध्यक्ष राईको विश्वास छ ।
यसै क्रममा गाउँपालिकाले पालिकाका तीन वटा माध्यमिक विद्यालयलाई स्मार्ट शिक्षण सिकाईका लागि स्मार्ट टिभी प्रदान गरेको छ । वडा नम्बर ५ को सरस्वती माध्यमिक विद्यालय, वडा नम्बर ३ को सिद्देश्वरी माध्यमिक विद्यालय र वडा नम्बर १ को चण्डेश्वरी प्रस्तावित माध्यमिक विद्यालयलाई पालिकाले प्रविधिमैत्री शिक्षण सिकाईका लागि स्मार्ट टेलिभिजन प्रदान गरेको हो ।
गाउँपालिका प्रमुख रवि प्रकाश राई सहित उपाध्यक्ष बिर्सिका राई र शिक्षा शाखा संयोजक कविराज राईले सो विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गर्नुभएको हो । पालिकाले निर्माण गरेको आवधिक योजनामा समेत गाउँपालिकालाई डिजिटल पालिका निर्माण गर्ने विषयलाई गौरवको योजनामा राखेर काम प्रारम्भ गरेको छ । डिजिटल पालिका निर्माण गर्ने अभियानलाई यस कार्यले सहयोग पुर्याउने अध्यक्ष राईको भनाई छ ।
पालिका भित्रका माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्यूटर शिक्षा पढाई हुने गरेको छ । यस शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सानो कक्षादेखि नै अनिवार्य अंग्रेजी, कम्प्युटर लगायतको विषय पठनपाठन हुने जनाईएको छ भने हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलापसँगै नैतिक विषयमा पठनपाठन गर्ने गरि गाउँ शिक्षा समितिको वैठकले निर्णय पारित गरेको छ ।
विद्यालयले विज्ञान, गणित, नेपाली र अंग्रेजी विषय यसै शैक्षिक वर्षदेखि स्मार्ट शिक्षण सिकाईको माध्यमबाट पठन पाठन गर्न सुरुवात गरिने शिक्षा शाखा संयोजक कविराज राईको भनाई छ । प्रविधिले समय अनुकुल शिक्षा विकासमा पनि टेवा पुग्ने उहाँको विश्वास छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !