श्रावण ३२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा खस्कँदो शैक्षिक स्तर उकासी गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि शिक्षकलाई राजनीतिबाट टाढा राख्न सहमति जुटेको छ । कतिपय शिक्षकले विद्यालयलाई भन्दा राजनैतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित बिहीबार बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सहमति गरेको हो ।
समितिको निर्णयपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले राजनीति गर्न, राजनैतिक दलको सदस्यता लिन र राजनैतिक गतिविधिमा लाग्न नपाउने भएका हुन् । गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बसेको वैठकले शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ को प्रावधान साथै राजनैतिक दल सम्बन्धि ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐनको दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
पठनपाठनलाई भन्दा दलको कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिने शिक्षकका कारण शैक्षिक गुणस्तर खस्किएको यथार्थलाई स्वीकार गर्दै शिक्षक र बिद्यालयलाई राजनैतिक प्रभावबाट टाढा राख्ने निर्णय गरिएको गाउँ शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याई उत्कृष्ट नजिता ल्याउनकालागि शिक्षकलाई राजनीतिक गतिविधिबाट अलग गरेर त्यसको निरन्तर अनुगमन र पृष्ठपोषणको कार्यलाई प्रभावकारी बनाईने अध्यक्ष राईको भनाई छ ।
विभिन्न राजनीतिक दल तथा भातृसंगठनका बिभिन्न पदमा आबद्ध रहेका शिक्षकका कारण कतिपय विद्यालयको उत्तिर्ण दर खस्कँदै गएको र सामुदायिक बिद्यालयप्रति आकर्षण घटिरहेको गुनासो आइरहेका बेला गाउँ शिक्षा समितिको वैठकले शिक्षकलाई राजनीतिक गतिविधिबाट अलग गर्ने हिम्मत सहित सो निर्णय गरेका हुन् ।
[ यो पनि-साकेलामा शैक्षिक सुधारका लागि विव्यास अध्यक्षहरुसँग अन्तरकृयात्मक कार्यक्रम गरिदै ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !