आश्विन ३०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो हप्तामा परेको भिषण वर्षादका कारण वाढी पहिरोले पुराएको क्षतिका सम्बन्धमा खोटाङको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएको छ । प्रतिनिधि सभा सदस्य रामकुमार राईको नेतृत्वमा संविधान सभा सदस्य उषाकला राई तथा समिता कार्की, जिल्लाका राजनैतिकि दलका प्रमुख एवं प्रतिनिधिहरु, स्थानीयतहका जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका विज्ञहरु, समाजसेवी लगायतको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्रीको सचिवालय वालुवाटारमा भेटी जिल्लाको समग्र विकास निर्माण तथा वाढी पहिरोले पुराएको क्षतिका वारेमा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउदै त्यसका लागि सरकारले यथोचित व्यवस्थापन गर्न अनुरोध गरेको छ ।



सो अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पनि नगरपालिकामा वाढी पहिरोका कारण पुराएको क्षति र थप विकास निर्माणका आयोजनाहरुको माग सहित ज्ञापनपत्र बुझाउनुभयो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले यस सम्बन्धमा आफ्नो सरकार अत्यन्त संवेदनशिल रहेको र भोलि वस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको बैठकमा छलफल गरी निर्णय गरिने बताउनुभयो । फोक्सिन्टारको पूल बगाएकोले त्यहा वैकल्पिक पुल या वेलिव्रिज लगाउने सम्बन्धमा पनि सोँच रहेको बताउनु भयो ।
आजै उर्जा जलश्रोत तथा सिँचाई मन्त्रि दिपक खड्कालाई पनि खोटाङको प्रतिनिधि मण्डलले भेटी राष्ट्रिय गौरवको योजना दुधकोशी हाइड्रोलाई द्रुतगतिमा अगाडि बढाउन मुआवजाको व्यवस्था गरिनुपर्ने, वाढी पहिरोले क्षति पुराएको सिँचाई कुलोका लागि राहत स्वरुप वजेट व्यवस्थापन गरिनुपर्ने लगायतको माग गरिएको नेपाली कांग्रेसका सभापति विष्णुकुमार राईले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान