सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १३, २०८०, Khotang

Image

हलेसीतुवाचुङमा पाँचदिने क्षमता विकास तालिम सञ्चालन


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित दुर्छिममा ‘कोशी प्रदेश अन्तर्गतको स्थानीय सरकारको नवीकरणीय उर्जा र सामाजिक आर्थिक विकासमा क्षमता अभिवृद्धिको लागि व्यवसाय विकास सेवाहरु’ नामक परियोजना अन्तर्गत  पाँच दिने क्षमता विकास तालिम सञ्चालन भैरहेकोछ ।

GIZ REEEP कार्यक्रमको आर्थिक सहयोगमा ग्रामिण प्रविधि केन्द्र नेपालद्धारा सामाजिक आर्थिक सशक्तिकरण सँगै नगर तथा गाउँपालिका क्षेत्रभित्र नवीकरणीय उर्जामा आधारित महिला तथा बञ्चितिकरणमा पारिएका समुदाय केन्द्रित उद्यम व्यवसाय प्रवद्र्धनका लागि तालिम प्राप्त दक्ष जनप्रतिनिधिहरु तथा जनशक्ति विकास गर्ने उद्धेश्यले ‘कोशी प्रदेश अन्तर्गतको स्थानीय सरकारको नवीकरणीय उर्जा र सामाजिक आर्थिक विकासमा क्षमता अभिवृद्धिको लागि व्यवसाय विकास सेवाहरु’ नामक परियाजना अन्तर्गत मंगलवारदेखि पाँचदिने क्षमता विकास तालिम सञ्चालन भएको हो ।

उक्त तालिममा खोटाङको हलेसीतुवाचुङ नगरपालिका, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, जन्तेढुङ्गा गाउपालिका, रावावेशी गाउँपलिकाबाट  जनप्रतिनिधि सहित उध्यम विकास सहजकर्ता र उध्यम विकास समितिका प्रतिनिधि गरी ३/३ जना सहभागी रहेका छन् भने भोजपुरबाट ट्याम्केमैयु गाउँपालिका, साल्पासिलिचुङ गाउपालिका, षडानन्द गाउँपालिका र आमचोक गाउँपालिकाबाट पनि जनप्रतिनिधि सहित उध्यम विकास सहजकर्ता र उध्यम विकास समितिका प्रतिनिधि गरी ३/३ जनाको सहभागिता रहेको जनाईएको छ । तालिममा ग्रामिण प्रविधि केन्द्रका सहजकर्ताहरु महेश श्रेष्ठ र राजेन्द्र घिमिरेबाट सहजिकरण भैरहेको छ ।

तालिम हलेसीतुवाचुङ नगरपालिका दुर्छिम स्थित होलेसुङ रिसोर्टको सभाहलमा सञ्चालन भैरहेको छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes