सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २, २०८०, Diktelrupakotmajhuwagadi

Image

दिक्तेलवजारमा जथाभावी गाडी पार्किङको विषयमा सार्वजनिक चासो


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको सदरमुकाम दिक्तेल वजारमा सवारीका साधानहरु जथाभावी पार्किङ गरिनाले वजारभित्रका सडकहरु अस्तव्यस्त हुनुका साथै सडक दुर्घटनाको जोखिम वढ्ने गरेको छ । वजारभित्रका सडकपेटीमा जथाभावी सामानहरु राखिने तथा सवारी साधानहरु  सडकछेउ नै पार्किङ गरिएबाट थप दुर्घटनाको जोखिम बढ्नुका साथै वजार कुरुप बनेको प्रति सार्वजनिक चासो बढेको हो । 

सदरमुकाम नजिकै दुइवटा वसपार्कको व्यवस्था गरिएको भए पनि गाडीहरु त्यहाँ नलगेर यातायात व्यवसायीहरुले वाम्राङको रमितेडाँडादेखि अल्छेढुङ्गा सम्म र रत्नपार्कदेखि भानुचोकसम्म गाडी र जीपहरु पार्किङ गरिरहेका छन् । यसबाट दुर्घटनाको जोखिम वढ्नुका साथै वजार पनि अव्यवस्थित र अस्तव्यस्त हुने गरेको छ । यही समस्यालाई लिएर आज जिल्ला प्रशासन कार्यालयमा उध्योग वाणिज्य संघ तथा यातायात व्यवसायी संघका साथमा सर्वदलीय, सर्वपक्षीय बैठक राखिएको जिल्ला प्रशासन श्रोतले जनाएको छ । 

गत शनिवार साँझमा जथाभावी राखिएका गाडीहरुको अनुगमन गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले अनुगमन गर्नुभएके थियो । 

आजको बैठकबाट सोल्मा र आचार्य गाउँमा निर्माण गरिएको वसपार्कहरुमा गाडीहरु पार्किङ गराउने विषयमा छलफल गरिने श्रोतले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes