जेठ ०४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित सूर्योदय कृषि समूहका किसानहरुलाई कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका कृषि शाखाद्धारा कृषक पाठशाला अन्तरगत कृषि सम्बन्धि १६ हप्ते आधारभूत सिकाइ प्रशिक्षण दिलाइदैछ । सूर्योदय कषि समूहसँग आवद्ध स्थानीय कृषकहरुलाई कृषक पाठशाला अन्तरगत गोलभेडाँमा थाक्रा लगाउने, विरुवाहरुमा क्लिप लगाउने तरिका, माटो जाँचको लागि नमुना लिने तरिका, रोग किरा पहिचान तथा रोग थामको विधि र मल्टिन निमको प्रयोग कसरी गर्ने भन्ने कुराको अधारभूत तालिम हरेक शुक्रवार १६ हप्ताको समयावधिसम्म दिईने कृषि ज्ञान केन्द्र खोेटाङका अधिकृत सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो ।
अधिकृत पण्डितका अनुसार २०८० साल फागुन २५ गते खाल्लेमा स्थापना गरिएको सूर्योदय कृषि समुहमा हाल सम्म ३२ जना स्थानीय किसानहरु आवद्ध हुनुहुन्छ । जस्मा २५ जना महिला र ७ जना पुरुष संलग्न रहनुभएको छ । उहाँहरुलाई गोलभेडाँमा थाक्रा लगाउने, विरुवाहरुमा क्लिप लगाउने तरिका, माटो जाँचको लागि नमुना लिने तरिका, रोग किरा पहिचान तथा रोग थामको विधि र मल्टिन निमको प्रयोग कसरी गर्ने भन्ने कुराको अधारभूत तालिम दिलाइदै गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
हाम्रो जस्तो कृषिप्रधान देशका किसानका लागि आफूले बाली लगाउने बारिको माटोको अवस्था, तरकारी लगाउने, लहरो प्रजातिका वोटहरुलाई थाँक्रो लगाउने तथा विभिन्न सागसव्जि र गोलभेडा खेतिका सम्बन्धमा आधारभूत ज्ञान हुनु त अनिवार्य नै मानिन्छ । तरकारी वालिमा लाग्ने विभिन्न रोगजन्य विषयमा जान्नु आवश्यक पर्ने कृषि ज्ञान केन्द्रका अधिकृत पण्डित सुझाउनुहुन्छ । गोलभेडा खेतिका लागि थाँक्रा कसरी लगाउने, क्लिप कसरी लगाउने, माटोँ जाँचको लागि नमूना लिने विधि, खनजोत कसरी गर्ने, विरुवामा मलजल कसरी पूर्ति गर्ने, रोगजन्य अवस्थाको पहिचान लगायत अन्य आवश्यकीय ज्ञान आम किसानमा रहनु अति महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।
बालि लगाउनु अघि सबै कुराको जानकारी नलिइकन बाली लगाएमा आफूले चाहेको जस्तो आम्दानी लिन नसकिने अवस्था आउन सक्छ । यही कारण कृषि ज्ञान केन्द्र खोटाङका तर्फबाट यहाँका किसानहरुलाई कार्यालयको कृषक पाठशाला अन्तर्गतको रु १ लाख ४० हजार रकमको व्यवस्थापनमा १६ हप्तासम्म तालिम दिईने अधिकृत पण्डितले बताउनु भएको छ । हप्तामा एक दिन हरेक शुक्रवार तालिम दिइने गरिएको उहाँ बताउनुहुन्छ । अहिले सम्म १० हप्ता पुरा भएको छ, अब ६ हप्तासम्म हरेक शुक्रवार नियमित रुपमा तालिम दिईने बताइन्छ ।
तालिममा सहभागी प्रेम श्रेष्ठ भन्नुहुन्छ–‘आफूले नजानेको धेरै कुराहरु सिक्न पाइरहेकोमा कृषि पेशामा थप आत्मविश्वास पलाएको छ ।’ उहाँ आफूले पहिले नजानेर धेरै कष्ट पाएको सम्झनुहुन्छ । कहिले फुस्रे लाग्ने, कहिले छिर्केमिर्के रोगले सताउने, अब सिके अनुसार गर्ने उहाँ बताउनुहुन्छ ।
बढीभन्दा बढी उत्पादन लिनका लागि पनि माटोलाई बिग्रन नदिई यसको सुरक्षा गर्नु अति आवश्यक हुन्छ । अझ कृषिका लागि त सुरक्षित माटोको अत्यन्तै महत्व हुन्छ । हरेक बालि वा बिरुवाको बिउ माटोमा छरेदेखि बिरुवा हुर्किइ यसले फल दिने बेलासम्म चाहिने सम्पूर्ण खाद्यतत्वहरू बिरुवाले माटोबाटै लिन्छ । यसकारण पनि माटोको अवस्था बिग्रन नदिन समय समयमा माटो परिक्षण गर्नु अत्यावश्यक हुने कृषि ज्ञान केन्द्र श्रोतले बताएको छ ।
तालिमको सहजिकरण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि शाखा प्रमुख तेज प्रकाश जैशी र कृषि ज्ञान केन्द्र खोटाङका सञ्जय कुमार पण्डितले गरिरहनु भएको छ ।
कृषक पाठशालाका केही गतिविधिहरु
p
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !