श्रावण २९, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
२९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण, वातावरण संरक्षण तथा जलवायुमैत्री र सभ्य नगर निर्माणका लागि सञ्चालन गरेको अभियान विद्यालय तहमा प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले गत साउन १८ गते कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यतामा औपचारिक शुभारम्भ गरेको अभियानअन्तर्गत नगरभित्रका सामुदायिक तथा संस्थागत गरी कक्षा १ देखि १२ सम्म सञ्चालन हुने २१ वटा विद्यालयमा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।



नगरपालिकाका अनुसार नुनथला र खार्मी क्षेत्रका माध्यमिक विद्यालयमा भने कार्यक्रम भदौ १ गतेसम्म सम्पन्न गर्ने तयारी भइरहेको छ । हाल ती विद्यालयसहित विद्यार्थी तथा शिक्षकहरूलाई वातावरण संरक्षण, प्लास्टिक तथा शिशाजन्य फोहोर न्यूनीकरण, फोहोरको उचित व्यवस्थापन र जिम्मेवार नागरिक व्यवहारका विषयमा अभिमुखीकरण सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख धनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार विद्यालयमा सञ्चालन भइरहेका कार्यक्रमबाट विद्यार्थी र शिक्षकमा वातावरण संरक्षणप्रति सकारात्मक भावना र व्यवहार विकास हुँदै गएको छ । विद्यालयलाई केवल पढाइ हुने स्थानका रूपमा मात्र नभई वातावरणीय चेतना र व्यवहार परिवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ ।
अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाको नेतृत्व स्वयं सक्रिय रूपमा विद्यालय तथा समुदायमा पुगिरहेको छ । नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तीर्थप्रकाश पौडेल, स्वास्थ्य शाखा प्रमुख दिनेशराज न्यौपाने, शिक्षा शाखा प्रमुख धनेन्द्र अधिकारी, प्राविधिक सहायक टंकबहादुर राई, रिउला कार्की लगायतको टोली अभियान कार्यान्वयनमा सक्रिय रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख भट्टराईले वातावरण संरक्षणलाई कुनै एउटा शाखा वा कार्यक्रमको सीमित विषय नभई नगरपालिकाको समग्र विकाससँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताउनुभयो ।
“हामीले अभियान सुरु मात्र गरेका होइनौँ, यसलाई व्यवहारमा उतार्ने गरी विद्यालय, घरपरिवार, बजार र सार्वजनिक स्थलसम्म पु¥याइरहेका छौँ,” नगर प्रमुख भट्टराईले भन्नुभयो, “विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी र आम नागरिकको सहभागिताबाट हाम्रो लक्ष्य र उद्देश्य सफल पार्नेमा हामी विश्वस्त छौँ ।”
नगरपालिकाले ७५३ स्थानीय तहमध्ये वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनको क्षेत्रमा आफूलाई अग्रणी स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । त्यसका लागि विद्यालय तहबाटै वातावरणमैत्री व्यवहार विकास गर्ने, सार्वजनिक स्थललाई प्लास्टिक तथा शिशाजन्य फोहोर न्यूनीकरण नगरपालिका बनाउने, जताततै सार्वजनिक स्थलमा फोहोर नफ्याँक्ने र नजलाउने संस्कार विकास गर्ने तथा समुदायलाई क्रमशः अभियानमा जोड्ने रणनीति लिइएको नगरपालिकाले जनाएको छ ।
अभियानको पहिलो चरणमा विद्यालयलाई मुख्य आधार बनाएर विद्यार्थी तथा शिक्षकसँग अभिमुखीकरण गरिएको हो । त्यसपछि विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा समुदायको सहभागितामा घर, पसल र सार्वजनिक स्थलमा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै फोहोर संकलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने योजना नगरपालिकाले अघि सारेको छ ।
नगरपालिकाले अभियानलाई केवल केही दिनको कार्यक्रम नभई दीर्घकालीन व्यवहार परिवर्तनको अभियानका रूपमा अगाडि बढाउने जनाएको छ । विद्यार्थीमार्फत परिवार र समुदायसम्म वातावरण संरक्षणको सन्देश पु¥याउने तथा विद्यालयबाटै नयाँ पुस्तामा जिम्मेवार र सभ्य नागरिक व्यवहार विकास गर्ने नगरपालिकाको लक्ष्य छ ।
नगरपालिकाका अनुसार विद्यालयमा भएको प्रारम्भिक अभिमुखीकरणबाट विद्यार्थी र शिक्षकको उत्साहजनक सहभागिता देखिएको छ । अभियानमा सहभागी विद्यार्थीहरूले आफ्नो घर, विद्यालय र सार्वजनिक स्थानमा प्लास्टिक तथा शिशाजन्य फोहोर न्यूनीकरणका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाले अभियान सफल बनाउन स्थानीय सञ्चारमाध्यम, नागरिक समाज, टोल विकास संस्था, विद्यालय, व्यवसायी तथा आम नागरिकलाई सहकार्यका लागि आह्वानसमेत गरेको छ ।
“हाम्रो नगर सफा मात्र होइन, वातावरणमैत्री, जलवायुमैत्री र सभ्य नगर बनाउने अभियान हो । यसलाई सफल बनाउन सबैको साथ आवश्यक छ,” नगर प्रमुख भट्टराईले भन्नुभयो ।
विद्यालयबाट सुरु भएको अभियान अब क्रमशः घर, बजार, टोल र सार्वजनिक स्थलसम्म विस्तार हुँदै जाने भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वातावरण संरक्षणमा नमुना स्थानीय तह बन्ने लक्ष्यसहित आफ्नो अभियानलाई तीव्रता दिएको छ । भदौ २ गते पत्रकार सम्मेलन गरि थप कार्यतालिका सार्वजनिक गर्ने नगर प्रमुख भट्टराईले बनाउनु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ/ साउन २८, विहीवार । खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्ना...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थललाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त...
हलेसीन्युजडेस्क, खोटाङ साउन २०, बुधवार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट...
व्यक्ति/व्यक्तित्व गजेन्द्र दाहाल ‘निर्मोही’ नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान