असार ०९, २०८३ , खोटाङ
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म उच्च प्राथमिकतामा
हलेसीन्युजडेस्क,खोटाङ ।
आषाढ ९, मंगलवार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५औँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले आज आषाढ ९ गते आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९९ करोड ७३ लाख ६४ हजार १४ रुपैयाँ बराबरको बजेट का साथ नीति तथा कार्यक्रम पारित गर्दै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहलाई विकासको प्रमुख आधार बनाएको छ ।






नगरप्रमुख तीर्थराज भट्टराईले नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय आवश्यकता, आर्थिक समृद्धि, कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर योजना निर्माण गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
यसपटकको नीति तथा कार्यक्रमको मुख्य आकर्षण भने कृषि क्षेत्रसँग जोडिएको बाँदर आतंक नियन्त्रण अभियान बनेको छ । वर्षौंदेखि किसानले भोग्दै आएको बाँदरको समस्याले मकै, धान, कोदो, गहुँ, आलु, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति पु¥याइरहेकाले यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानको उत्पादन जोगाउन बाली हेरालु परिचालन गरिनेछ भने छिमेकी स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन रणनीति तयार पारिनेछ। बाँदर समस्या समाधानका लागि प्रभावकारी तथा दिगो अभियान सञ्चालन गर्ने नगरपालिकाको तयारी रहेको उहाँले बताउनुभयो ।
नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई समेत प्राथमिकतामा राख्दै “खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा” भन्ने नारासहित किसानको घरदैलोमै कृषि सेवा पु¥याउने योजना अघि सारेको छ । यसअन्तर्गत उन्नत बीउबिजन वितरण, माटो परीक्षण, बाली व्यवस्थापन, रोग तथा कीरा नियन्त्रणसम्बन्धी परामर्श तथा एकीकृत घुम्ती कृषि शिविर सञ्चालन गरिने जनाइएको छ ।
यस्तै, नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सार्वजनिक सेवामा निष्पक्षता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने, प्रशासनिक सुधार, सूचना प्रविधिको विस्तार तथा सुशासन प्रवद्र्धनमार्फत नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने नगरप्रमुख भट्टराईले बताउनुभयो ।
नगरसभामा उपप्रमुख बिसन राईले आगामी आर्थिक वर्षका लागि ९९ करोड ७३ लाख ६४ हजार १४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट, आन्तरिक आय तथा विभिन्न अनुदानबाट प्राप्त हुने स्रोत समावेश गरिएको जानकारी दिइयो ।
नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेटले कृषि तथा पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यटन, उद्यमशीलता विकास, युवा तथा महिला सशक्तीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण र सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।
नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम तथा बजेटमार्फत उत्पादनमुखी कृषि प्रणाली, दिगो विकास, सुशासन, पारदर्शिता र नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ। विशेषगरी किसानका लागि दीर्घकालीन चुनौतीको रूपमा रहेको बाँदर आतंक नियन्त्रणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षामा टेवा पु¥याउने प्रतिबद्धता नगरसभाबाट व्यक्त गरिएको छ ।
“कृषि उत्पादनको संरक्षण र नागरिकमैत्री शासन प्रणालीमार्फत समृद्ध नगर निर्माण गर्ने लक्ष्यका साथ आगामी वर्षको नीति तथा कार्यक्रम अघि सारिएको छ,” नगरपालिकाले जनाएको छ ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ ५, शुक्रवार । खोटाङको दिक्तेलस्थित सरस्वती...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान