श्रावण २८, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
साउन २८, विहीवार । खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियत पूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले दुईवटा अस्पतालसँग छुट्टाछुट्टै सम्झौता गरेको छ । गाउँपालिकाले काठमाडौं सिनामंगलस्थित काठमाण्डौँ मेडिकल कलेज प्रा.लि. र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.सँग सम्झौता गरेको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले हलेसी एफएमलाई बताउनुभयो ।
अध्यक्ष राई भन्नुहुन्छ—“गाउँपालिकाका नागरिकलाई उपचारका लागि बाहिर जानुपर्ने अवस्थामा केही आर्थिक राहत पुगोस् र विशेषज्ञ स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले यो सम्झौता गरेका हौँ ।”
सम्झौताअनुसार जान्तेढुंगा गाउँपालिकाभित्र बसोबास गर्ने नागरिक बिरामी भई थप उपचार आवश्यक परेमा गाउँपालिका, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल वा सम्बन्धित अधिकारप्राप्त स्वास्थ्य संस्थाबाट सिफारिस लिएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौं मेडिकल कलेज प्रा.लिमा उपचारका लागि जान सक्नेछन् ।
गाउँपालिकाबाट सिफारिस भई उपचारका लागि जाने बिरामीले अस्पतालमा उपलब्ध सम्झौता अनुसारका विभिन्न स्वास्थ्य सेवामा सहुलियत प्राप्त गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य बीमामा आबद्ध नागरिकले नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचार सेवासँग सम्बन्धित सुविधा प्रयोग गर्न सक्ने सम्झौतामा भनिएको छ ।
स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाबाट उपचार गराउँदा समेत सम्झौता अनुसार नोबेल मेडिकल कलेजमा उपलब्ध अपरेशन लगायतका सेवामा २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यवस्था गरिएको छ । त्यस्तै स्वास्थ्य बीमामा आबद्ध नभएका वा बीमा भए पनि कुनै कारणले बीमा क्रियाशील नभएका गाउँपालिकाका नागरिकलाई समेत सम्झौता अनुसारको सहुलियत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, काठमाडाकौं सिनामंगल केएमसी अस्पताल जादा २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । त्यस्तै, भक्तपुरको दुवाकोट केएमसी अस्पताल सेवामा उपचार गराउँदा सम्झौताअनुसार ५० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले स्वास्थ्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने नागरिकलाई केही राहत पु-याउने तथा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालहरूसँग सहकार्य गरेको गाँउपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का बातउनुहुन्छ ।
उहाँका अनुसार स्वास्थ्य बीमा नगरेका वा स्वास्थ्य बीमा गरे पनि बीमा क्रियाशील हुन बाँकी रहेका गाउँपालिकाका नागरिकलाई समेत सम्झौतामा उल्लेखित सहुलियत उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसबाट स्वास्थ्य बीमाको सुविधा लिन नसकेका नागरिकले समेत उपचारका क्रममा केही आर्थिक राहत प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
सम्झौता अनुसार सहुलियत लिनका लागि अस्पताल जाने नागरिकले गाउँपालिकाबाट जारी गरिएको सिफारिस तथा आफ्नो ठेगाना खुल्ने परिचयपत्र वा नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ । १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै, पहिले उपचार गराइसकेका बिरामीले पुराना उपचारसम्बन्धी कागजात तथा थप उपचारका लागि चिकित्सक वा सम्बन्धित स्वास्थ्य संस्थाले दिएको विवरणसमेत पेश गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
सम्झौतामा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित तोकिएका सेवामा मात्र छुट लागू हुने स्पष्ट पारिएको छ । IVF, Plastic Surgery, Cosmetic Surgery, Cabin मा बसेर उपचार गर्दा लाग्ने शुल्क तथा Implant, Surgical Items / Consumable Ite लगायतका सामग्रीमा भने सम्झौताअनुसार छुट उपलब्ध नहुने जनाइएकोे छ ।
स्थानीय स्वास्थ्य संस्थाबाट उपचार सम्भव नभएका तथा थप उपचारका लागि बाहिर पठाउनुपर्ने बिरामीका लागि सम्झौता विशेष रूपमा उपयोगी हुने गाउँपालिका उपाध्यक्ष खड्काले बताउनु भयो । स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेर बाहिर जानुपर्ने नागरिकलाई विशेषज्ञ अस्पतालमा उपचार गराउँदा आर्थिक भार कम होस् भन्ने हाम्रो उद्देश्य हो । बिरामीलाई सहुलियत प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा सिफारिसबारे स्पष्ट जानकारी गराउने काममा समेत गाउँपालिकाले सहजीकरण गर्नेछ ।
उपचारका क्रममा आवश्यक जानकारी, समन्वय तथा सहयोग आवश्यक परेमा सम्झौतामा उल्लेख गरिएका सम्बन्धित सम्पर्क व्यक्तिमार्फत समन्वय गर्न सकिने व्यवस्था समेत गरिएको छ।
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि महाप्रबन्धक दिपेश राई-९८५२०२६४४५
गाँउपालिका अध्यक्ष अरुणादेवि राई-९८५२८४६९०१
उपाध्यक्ष खेमबहादुर खड्का-९८५२८४६९०२÷९८४२९०५८६९




हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थललाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त...
हलेसीन्युजडेस्क, खोटाङ साउन २०, बुधवार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट...
व्यक्ति/व्यक्तित्व गजेन्द्र दाहाल ‘निर्मोही’ नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान