श्रावण २२, २०८३ , Khotang
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थललाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त बनाउँदै जलवायुमैत्री, स्वच्छ र सभ्य नगर निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गरेको “प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल जलवायुमैत्री र सभ्य नगर निर्माण महाअभियान”को औपचारिक उद्घाटन सम्पन्न गरेको छ । नगरपालिकाले यो अभियानलाई सामान्य सरसफाइ कार्यक्रमका रूपमा नभई नगरको दीर्घकालिन वातावरणीय सुधार, सार्वजनिक स्वास्थ्य संरक्षण र दीगो सहरी विकाससँग जोडिएको बहुआयामिक अभियानका रूपमा अघि बढाएको जनाएको छ ।
नगरपालिकाका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, पार्क, सरकारी कार्यालय परिसर, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायत मानिसको बढी आवतजावत हुने स्थानहरूमा प्लास्टिकजन्य फोहोर र शिशाजन्य फोहोरको बढ्दो प्रयोग तथा अव्यवस्थित व्यवस्थापनले वातावरण, स्वास्थ्य र नगरको सौन्दर्यमा नकारात्मक असर पु-याइरहेको छ । यही अवस्थालाई परिवर्तन गर्दै फोहोरको स्रोतबाटै व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनीकरण र नागरिकको व्यवहार परिवर्तनमार्फत स्वच्छ नगर निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईसँग यस अभियानको उद्देश्य, कार्ययोजना र दीर्घकालिन लक्ष्यबारे हलेसी एफएमका तर्फबाट सुनिल श्रेष्ठले गर्नुभएको विस्तृत संवाद प्रस्तुत छ ।
.jpg)
प्रश्न—दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा “प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल जलवायुमैत्री र सभ्य नगर निर्माण महाअभियान”को औपचारिक उद्घाटन सम्पन्न भएको छ । यो अभियानको मुख्य उद्देश्य के हो ? र, यसबाट नगरले प्राप्त गर्न खोजेको दीर्घकालीन उपलब्धिबारे विस्तारमा बताइदिनुहोस् ।
नगरप्रमुख तीर्थराज भट्टराई—यस अभियानको मुख्य उद्देश्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सार्वजनिक स्थलहरूलाई प्लास्टिक तथा शिशाजन्य फोहोरबाट मुक्त बनाउँदै स्वच्छ, स्वस्थ, जलवायुमैत्री र सभ्य नगरको निर्माण गर्नु हो । अनियन्त्रित रूपमा प्रयोग हुने प्लास्टिकजन्य सामग्रीले वातावरण, नदी-नाला, जमिन तथा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । त्यसैले फोहोरको स्रोतमै व्यवस्थापन गर्ने, पुनःप्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गर्ने तथा नागरिकमा जिम्मेवार व्यवहार विकास गर्ने लक्ष्य राखिएको छ । दीर्घकालीन रूपमा हामी हरित नगर, स्वच्छ सार्वजनिक स्थल, दिगो फोहोर व्यवस्थापन प्रणाली, पर्यटनमैत्री वातावरण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नगरको रूपमा दिक्तेललाई स्थापित गर्न चाहन्छौ ।
प्रश्न —दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त नगर बनाउने लक्ष्य कति समयभित्र पूरा गर्ने योजना छ तपाईंको ? र, त्यसका लागि तयार पारिएका रणनीतिहरू के–के हुन ?
नगरप्रमुख तीर्थराज भट्टराई—यसका लागि चरणबद्ध रणनीति अपनाइएको छ । पहिलो चरणमा जनचेतना अभिवृद्धि, दोस्रो चरणमा प्लास्टिकको प्रयोग न्यूनीकरण, तेस्रो चरणमा फोहोरको छुट्टाछुट्टै संकलन र प्रशोधन तथा अन्तिम चरणमा पूर्ण कार्यान्वयन र अनुगमन गरिनेछ । प्रत्येक वडामा फोहोर व्यवस्थापन समिति गठन, विद्यालय तथा टोलस्तरमा अभियान सञ्चालन, बजार क्षेत्रको नियमित अनुगमन, वैकल्पिक सामग्रीको प्रवद्र्धन र नियम उल्लंघन गर्नेहरूलाई आवश्यक कारबाही गर्ने व्यवस्था पनि गरिएको छ ।
प्रश्न— यो अभियान सफल बनाउन संघ, प्रदेश, स्थानीय सरकार तथा समुदायबीच कस्तो प्रकारको सहकार्य आवश्यक देख्नुहुन्छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—यो अभियान कुनै एक निकायले मात्र सफल बनाउन सक्दैन । संघ सरकारले नीतिगत सहयोग, प्रदेश सरकारले प्राविधिक तथा वित्तीय सहयोग, स्थानीय सरकारले कार्यान्वयन र समुदायले व्यवहार परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । विद्यालय, महिला समूह, युवा क्लब, व्यापारी, सामाजिक संघसंस्था, सञ्चारमाध्यम र नागरिक समाज सबैको साझा सहभागिता आवश्यक छ । सहकार्य, समन्वय र साझा जिम्मेवारीको भावनाले मात्र यस्तो अभियान दिगो रूपमा सफल हुन सक्छ ।
प्रश्न—सार्वजनिक स्थलहरूलाई प्लास्टिकमुक्त बनाउन नागरिकको भूमिका कत्तिको महत्वपूर्ण छ, र उनीहरूलाई जिम्मेवार बनाउन के–कस्ता कार्यक्रम सञ्चालन गरिनेछ ?
नगरप्रमुख तीर्थराज भट्टराई—नागरिकको भूमिका सबैभन्दा महत्वपूर्ण छ । नगरपालिकाले नियम बनाउन सक्छ, तर त्यसको सफल कार्यान्वयन नागरिकको सहभागितामै निर्भर हुन्छ । हामी घर–घरमा फोहोर वर्गीकरण सम्बन्धी अभियान, विद्यालयमा वातावरण शिक्षा, सरसफाइ सप्ताह, सामुदायिक सफाइ कार्यक्रम, उत्कृष्ट टोल र संस्थालाई पुरस्कार, सचेतनामूलक सञ्चार सामग्री उत्पादन तथा स्थानीय रेडियो र सामाजिक सञ्जालमार्फत निरन्तर जनचेतना कार्यक्रम सञ्चालन गर्नेछौ । जिम्मेवार नागरिक नै स्वच्छ नगरको आधार हुन् ।
प्रश्न—शिशाजन्य फोहोर व्यवस्थापन अहिले पनि धेरै स्थानमा चुनौतीको विषय बनेको छ । यसका लागि नगरपालिकाले कस्तो दीर्घकालीन योजना बनाएको छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—शिशाजन्य फोहोर व्यवस्थापनका लागि हामीले दीर्घकालीन रूपमा छुट्टै संकलन प्रणाली विकास गर्ने योजना बनाएका छौं । स्वास्थ्य संस्थासँग समन्वय गरेर सुरक्षित संकलन, ढुवानी र प्रशोधनको व्यवस्था गरिनेछ । आवश्यक स्थानमा विशेष संकलन केन्द्र स्थापना, सुरक्षित प्रशोधन प्रविधिको प्रयोग, जनचेतना अभिवृद्धि र निजी क्षेत्रसँग सहकार्य गरी व्यवस्थित प्रणाली निर्माण गर्ने लक्ष्य छ । यसले वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिम दुवैलाई कम गर्नेछ ।
प्रश्न—अस्पताल, स्वास्थ्य संस्था तथा निजी क्लिनिकबाट निस्कने फोहोर व्यवस्थापनमा के–कस्ता सुधार आवश्यक देख्नुहुन्छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—स्वास्थ्यजन्य फोहोर अत्यन्त संवेदनशील विषय हो । सबै स्वास्थ्य संस्थाले स्रोतमै फोहोर छुट्याउने, सुरक्षित भण्डारण गर्ने, मापदण्डअनुसार ढुवानी गर्ने र वैज्ञानिक रूपमा प्रशोधन गर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्छ । नियमित अनुगमन, स्वास्थ्यकर्मीलाई तालिम, आवश्यक उपकरणको व्यवस्था र कानुनी मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक छ । नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी यस क्षेत्रमा सुधार ल्याउनेछ ।
प्रश्न—स्थानीय बजारहरूलाई प्लास्टिकमुक्त बनाउन व्यापारीहरूसँग कस्तो सहकार्य गरिनेछ ?
नगरप्रमुख तीर्थराज भट्टराई—व्यापारीहरूलाई हामी साझेदारका रूपमा लिएका छौं । व्यवसायी संघसँग समझदारी गरी एकपटक प्रयोग हुने प्लास्टिकजन्य सामग्री क्रमशः विस्थापन गरिनेछ । कपडाको झोला, कागजी झोला, बाँस, ढाकालगायत स्थानीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ। प्लास्टिक प्रयोग न्यूनीकरण गर्ने व्यवसायीलाई प्रोत्साहन र आवश्यक सहजीकरण गरिनेछ भने नियम उल्लंघन गर्नेहरूलाई कानुनी दायरामा ल्याइनेछ ।
प्रश्न—वातावरण संरक्षणमा निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ तपाईंको धारणा सुनौँ न ?
नगरप्रमुख तीर्थराज भट्टराई—निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ । उद्योग, व्यवसाय र सेवा क्षेत्रले वातावरणमैत्री उत्पादन, प्लास्टिक न्यूनीकरण, फोहोर पुनर्चक्रण, ऊर्जा दक्ष प्रविधिको प्रयोग र सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्छ । नगरपालिकासँग सहकार्य गरेर हरित प्रविधि, वृक्षारोपण, सरसफाइ र जनचेतनामूलक अभियानमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ ।
प्रश्न—स्थानीय समुदायमा अझै पनि फोहोर व्यवस्थापनबारे पर्याप्त चेतना नदेखिने अवस्था छ । यसलाई परिवर्तन गर्न कस्ता अभियान सञ्चालन गरिनेछ ?
नगरप्रमुख तीर्थराज भट्टराई—हामी दीर्घकालीन व्यवहार परिवर्तनमा केन्द्रित अभियान सञ्चालन गर्नेछौं । विद्यालय, आमा समूह, युवा क्लब, टोल विकास संस्था, धार्मिक संस्था र सञ्चारमाध्यमलाई अभियानमा जोडिनेछ । घर–घरमा सचेतना कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सरसफाइ अभियान, वातावरण दिवसका कार्यक्रम, स्थानीय भाषामा जनचेतनामूलक सामग्री र नियमित सार्वजनिक संवाद कार्यक्रम सञ्चालन गरिनेछ । चेतना र व्यवहार परिवर्तनलाई अभियानको मुख्य आधार बनाइएको छ।
प्रश्न—यो अभियानको सफलताको मापन गर्ने आधार वा सूचकहरू के–के हुनेछन् मेयरसा’व ?
नगरप्रमुख तीर्थराज भट्टराई—हामीले केही स्पष्ट सूचकहरू निर्धारण गरेका छौ ं। सार्वजनिक स्थलमा प्लास्टिकजन्य फोहोरको मात्रा कति घट्यो, घर–घरमा फोहोर वर्गीकरणको अवस्था, बजार क्षेत्रमा एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग कति न्यूनीकरण भयो, शिशाजन्य फोहोरको सुरक्षित व्यवस्थापन कति प्रभावकारी भयो, सरसफाइ अभियानमा नागरिकको सहभागिता, पुनर्चक्रणको मात्रा र वातावरणीय सुधारको अवस्थालाई मुख्य सूचकका रूपमा लिइनेछ । नियमित अनुगमन र मूल्यांकनका आधारमा अभियानको प्रगति मापन गरिनेछ ।
प्रश्न—वन संरक्षण र फोहोर व्यवस्थापनबीचको सम्बन्धलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—वन संरक्षण र फोहोर व्यवस्थापन एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। प्लास्टिकजन्य फोहोरले वन क्षेत्र, जैविक विविधता, जलस्रोत र वन्यजन्तुमा प्रत्यक्ष असर पार्छ । वनले कार्बन शोषण गरेर जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु-याउँछ भने उचित फोहोर व्यवस्थापनले वन क्षेत्रमा हुने प्रदूषण र आगलागीको जोखिम कम गर्छ। त्यसैले स्वच्छ वातावरण र हरित वन दुवैलाई सँगसँगै संरक्षण गर्नुपर्छ ।
प्रश्न—नगरभित्र नियमित सरसफाइ अभियान सञ्चालन गर्ने तयारी कस्तो छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—हामी नियमित सरसफाइलाई अभियानको स्थायी कार्यक्रमका रूपमा सञ्चालन गर्ने तयारीमा छौं। प्रत्येक वडा, विद्यालय, सरकारी कार्यालय, बजार क्षेत्र र सार्वजनिक स्थलमा निश्चित कार्यतालिका बनाएर सरसफाइ अभियान सञ्चालन गरिनेछ । महिनाको निश्चित दिन सामुदायिक सरसफाइ दिवस मनाउने, नदी–नाला, सडक, पार्क र धार्मिक स्थलको सफाइ गर्ने तथा सरसफाइमा उत्कृष्ट वडालाई प्रोत्साहन गर्ने व्यवस्था पनि गरिनेछ ।
प्रश्न—नगरवासीलाई प्लास्टिकको प्रयोग घटाउन प्रेरित गर्ने सबैभन्दा प्रभावकारी उपाय के हुन सक्छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—सबैभन्दा प्रभावकारी उपाय जनचेतना र व्यवहार परिवर्तन हो। नागरिकले प्लास्टिकको हानिकारक असर प्रत्यक्ष रूपमा बुझ्नुपर्छ । त्यससँगै वैकल्पिक सामग्री सहज रूपमा उपलब्ध गराउने, कपडाको झोला प्रयोग गर्ने अभियान चलाउने, विद्यालयबाट सचेतना सुरु गर्ने र प्लास्टिक प्रयोग कम गर्ने नागरिक तथा व्यवसायीलाई प्रोत्साहन गर्ने नीति प्रभावकारी हुन सक्छ । दण्ड र प्रोत्साहन दुवैलाई सन्तुलित रूपमा लागू गर्नुपर्छ ।
प्रश्न—फोहोर व्यवस्थापनमा घर–घरबाटै सुरु हुने संस्कारको विकास कसरी गर्न सकिन्छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—फोहोर व्यवस्थापनको संस्कार घरबाटै सुरु हुन्छ । प्रत्येक परिवारले जैविक र अजैविक फोहोर छुट्टाछुट्टै राख्ने, कम्पोस्ट मल बनाउने, प्लास्टिकको प्रयोग घटाउने र सार्वजनिक स्थलमा फोहोर नफाल्ने बानी विकास गर्नुपर्छ। विद्यालय शिक्षा, अभिभावक सचेतना, टोलस्तरीय तालिम र स्थानीय अभियानमार्फत यस्तो संस्कार विकास गर्न सकिन्छ । दीर्घकालीन समाधान व्यवहार परिवर्तनमै आधारित हुन्छ ।
प्रश्न—यो अभियान सञ्चालनपछि नागरिकले प्रत्यक्ष रूपमा के–कस्ता परिवर्तन महसुस गर्न सक्नेछन् ?
नगरप्रमुख तीर्थराज भट्टराई—नागरिकले सफा सडक, स्वच्छ बजार, दुर्गन्ध कम भएको वातावरण, नदी–नाला र सार्वजनिक स्थलको सुधार, रोगको जोखिममा कमी, व्यवस्थित फोहोर संकलन प्रणाली, हरियालीको वृद्धि र स्वस्थ जीवनशैलीको अनुभव गर्न सक्नेछन् । साथै, नगरको सौन्दर्य बढ्ने, पर्यटन प्रवद्र्धन हुने र नागरिकमा स्वच्छताको संस्कार विकास हुने अपेक्षा गरेका छौं ।
प्रश्न—प्लास्टिकजन्य फोहोर नियन्त्रणका लागि कानुनी व्यवस्था कत्तिको प्रभावकारी बनाउन सकिन्छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—कानुनी व्यवस्था प्रभावकारी बनाउन स्पष्ट नियम, कडाइका साथ कार्यान्वयन, नियमित अनुगमन र नागरिकको सहयोग आवश्यक हुन्छ। स्थानीय सरकारको अधिकार क्षेत्रभित्र एकपटक प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध, फोहोर वर्गीकरण अनिवार्य गर्ने, अव्यवस्थित फोहोर फाल्नेलाई जरिवाना गर्ने र पुनर्चक्रणलाई प्रोत्साहन गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सकिन्छ। कानुन मात्र होइन, त्यसको निष्पक्ष कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
प्रश्न—यस अभियानलाई सफल बनाउन सम्पूर्ण नगरवासीलाई तपाईं दिन चाहनुभएको मुख्य सन्देश के हो ?
नगरप्रमुख तीर्थराज भट्टराई—यो अभियान नगरपालिकाको मात्र होइन, सम्पूर्ण नगरवासीको अभियान हो। प्रत्येक नागरिकले आफ्नै घर, टोल र सार्वजनिक स्थललाई आफ्नो जिम्मेवारी ठानेर सरसफाइमा सहभागी हुनुपर्छ। प्लास्टिकको प्रयोग घटाऔं, फोहोरलाई वर्गीकरण गरौं, वातावरण संरक्षण गरौं र भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ नगर निर्माण गरौं। सबैको सानो प्रयासले ठूलो परिवर्तन सम्भव हुन्छ ।
प्रश्न—अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ?
नगरप्रमुख तीर्थराज भट्टराई—जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र फोहोर व्यवस्थापन आजको विश्वव्यापी चुनौती हो । त्यसैले सरकार, समुदाय, निजी क्षेत्र, विद्यालय, सञ्चारमाध्यम र सामाजिक संघसंस्था सबै एउटै लक्ष्यका साथ अघि बढ्नुपर्छ। हामीले आज गर्ने सही निर्णय र व्यवहारले भोलिको स्वच्छ, हरित, स्वस्थ र सभ्य नगर निर्माण हुनेछ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त, जलवायुमैत्री र दिगो विकासको नमुना नगर बनाउने हाम्रो प्रतिबद्धता दृढ छ, र यस अभियानमा सम्पूर्ण नगरवासीको सक्रिय सहभागिताको हार्दिक अपेक्षा गर्दछु । धन्यवाद ।
000000
हलेसीन्युजडेस्क, खोटाङ साउन २०, बुधवार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट...
व्यक्ति/व्यक्तित्व गजेन्द्र दाहाल ‘निर्मोही’ नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा...
तीर्थराज भट्टराई खेलमैदानमा भकुण्डो गुडिरहँदा करोडौँ मानिसको आशा, विश्वास, प्रेम,...
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान